काठमाडौ । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ । राष्ट्रियसभामा आयोजित कार्यक्रममा दर्शकदीर्घाबाट प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता प्रचण्डलाइ लागेन । जुत्ता प्रहार गर्ने जुम्ला सिञ्जाको रतन तिरुवालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।
लोक सेवा आयोगको परीक्षा तयारीमा रहेका २१ वर्षिय तिरुवाको बाबु मोहन तिरुवाको सशस्त्र द्वन्द्वमा ज्यान गएको थियो । ८ वर्षअघि दाहाललाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा पूर्वलडाकु पदम कुँवर माला लगाउने क्रममा थप्पड हानेका थिए।






