स्याङ्जा अष्ट्रेलिया सोसाइटी गठन, दीपक क्षेत्री सर्वसम्मत अध्यक्ष

तक्दीर अधिकारी
सिड्नी । स्याङ्जा अष्ट्रेलिया सोसाइटीले पहिलो बार्षिक भेला सम्पन्न गरेको छ । भेलाले दिपक क्षेत्रीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा शितल गिरी, महासचिवमा राम केसी, सचिवमा विशाल श्रेष्ठ, र कोषाध्यक्षमा सिर्जना पाण्डे रहेकी छन् ।

कार्यसमितिको सदस्यहरुमा सुमन रेग्मी, निरु केसी, सिर्जना राना, विशाल राना, नरेश मल्ल, पदम अधिकारी, योगेन्द्र पौडेल, रमेश थापा, आशिषजंग थापा, राजन लम्साल, सन्तोष रेग्मी, नवराज लम्साल, सन्तोषकुमार खाँण, उमेश पौडेल, बालकृष्ण लम्साल, बिष्णु अर्याल, दिपक न्यौपाने र पदम केसी रहेका छन् ।

कार्य समितिको खेलकुद संयोजकमा राम न्यौपाने, कार्यक्रम संयोजकमा सुवास रानाभाट, सांस्कृतिक संयोजकमा दिलीप अर्याल छन् । सोसाईटीले फन्डरेज कोअर्डिनेटर, मेम्बरसिप कोअर्डिनेटरसहित थप पाँच जना सदस्यको चयन पछि गर्ने बताइएको छ ।

भेलाले सात सदस्य सल्लहाकार समितिको पनि चयन गरेको छ । समितिमा बिष्णु हमाल, महेन्द्रकुमार लम्साल, सिके भुषाल, डा. शम्सेरसिहं थापा, भुपेन केसी, सुमन शाही र श्यामकुमारी तिवारी रहेका छन् ।

अष्ट्रेलियामा रहेको नेपाली समुदायका संघ संस्थासँग हातेमालो गर्दै आफुहरु पनि सामाजिक र परोपकारी कार्यहरुको हिस्सा बन्ने नवनिर्वाचित अध्यक्ष क्षेत्रीले प्रतिक्रिया दिए । अध्यक्ष क्षेत्रीका अनुसार वार्षिक रुपमा तीज, नयाँ बर्षजस्ता कार्यक्रम नियमित रुपमा मनाउदै स्याङ्जा जिल्लाका लोक भाका र संस्कृतिहरुलाई जीवन्त राख्न सोसाइटीले सबैको साथ सहयोग पाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *