एनआरएनए यूकेको निर्वाचन दुई दिन पर सर्याे

लण्डन। गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके)को निर्वाचन दुई दिन पर सरेको छ ।

नयाँ कार्य समिति चयन गर्न शनिबार अर्थात भोली जुलाई ३१ मा हुने भनीएको निर्वाचन निर्वाचनको तयारी पूरा नभएको भन्दै २ अगस्ट सोमबारसम्म पर सरेको प्रमुख निर्वाचन आयुक्त महेन्द्रज कंडेलले लण्डन नेपाल न्यूजलाई बताए ।

‘तयारी अझै पुगेन। थप काम गर्नको निम्ती दुई दिन निर्वाचन सार्नुपर्ने भयो’ उनले भने ।

कँडेलले शुक्रबार एक बिज्ञप्ती प्रकाशित गरी उक्त जानकारी गराएका छन् । मतदान शुरू हुन केही घण्टा अघि निर्वाचन सरेको घोषणा हुँदा उम्मेद्वार तथा मतदाताहरु अचम्ममा परेका छन् ।

यसपटकको निर्वाचन अनलाइन मार्फत हुन गइरहेको छ । निर्वाचनमा अध्यक्ष पदमा प्रेम गाहा मगर, दीपक श्रेष्ठ र रोजिना राई प्रधानले प्रतिस्पर्धा गर्दैछन् ।