लण्डन । गुल्मी जिल्ला समाज यूकेले कोभिड १९ महामारीविरुद्ध लड्नको लागि गृहजिल्लामा १ करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नेपाल सरकारले असोज महिनादेखि कोभिडको तेस्रो लहर देखिन सक्ने बताएको अवस्थामा जिल्लाबासीलाई सुरक्षित राख्ने उद्धेश्यसहित बेयायतबासी गुल्मेलीहरुले ३ लाख २१ हजार सर्जिकल मास्क तथा सुरक्षा कवज अर्थात पीपीई जिल्लामा वितरण गरिएको छ ।
नगरपालिकाहरुलाई २६ हजार ४०० सय तथा १० गाँउपालिकाहरुलाई २२ हजारको दरमा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष तथा गुल्मेली प्रथम नौमती बाजाका संयोजक ओम प्रकाश थापाले बताए ।
उनका अनुसार जिल्ला अस्पताल गुल्मीलाई १७ हजार ६ सय, प्राथमिक स्वास्थ्य चौकीहरू, रिडी, श्रृङ्गा, जोहाङ, धुर्कोटलाई ४ हजार चारको दरले एकमुष्ठ रुपमा मास्क र पीपीई पठाइएको छ ।
त्यस्तै पत्रकार महासंघ गुल्मीलाई ४ हजार २, रेसुड्गा बहुमुखी क्यापसलाई २ हजार २ सय, जिल्ला प्रशासन कार्यालय साथै सुरक्षा कर्मीहरूको निम्ती २८ हजार ६ सय मात्रा वितरण गरिएको छ ।
जिल्लाभरका स्वाथ चौकी र सुरक्षाकर्मीहरू, पत्रकार,असाह्य निमुखा गरिव जनताहरूलाई केही सहयोग होस भनी यस सहयोग समाजले पठाएको थापाले बताए ।
‘विगतका बर्षहरुमा पनि जिल्लाको विभिन्न आवश्यकतामा सहयोग गर्दै आएका छौँ,’ लण्डन नेपाल न्यूजसँग उनले भने, ‘यसपटक पनि कोभिड महामारीबाट जिल्लाबासीलाई सुरक्षित राख्ने उद्धेश्यले सक्दो सहयोग पठाएका छौँ ।’
ती सामग्रीहरु प्रमुख अधिकारी रूद्रादेवी शर्माको उपस्थितीमा वितरण गरिएको थियो ।
गत बर्ष जिल्लामा पहिलो लहर आउने समयमा पनि २०७७ असारमा समाजले ७ लाख ५० हजार बराबरको सामग्रीहरु दुर्गम क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूलाई पठाइएको थियो । उक्त समयमा प्रोटेवल मुवायल कोबिड टेष्ट बुथ ५ वटा र मास्क, सेनिटाईजर, हेण्डग्लोव लगायतका सामग्रीहरु हरेक गाँउपालिकालाई प्रदान गरिएको समाजका महासचिव बीर बलालले बताए ।
ती सामग्रीहरु बेलायतको होम इन्सटिड लिमिटेड मार्फत समाज लाई ६५ हजार युके पाउण्ड बराबरको ३ लाख २१ हजार सर्जिकल माक्स सहयोग गरेको थियो। यस कम्पनीसंग संयोजन समाजका सल्लाहकार फत्त थापा सारूले गरेका थिए ।
सम्पुर्ण ढुवानी एयरकार्गो खर्च लगभग ११००० युके पाउण्ड गुल्मी जिल्ला समाज युकेका सदस्यहरूबाट स्वतस्फूर्त रुपमा आर्थिक सहयोग संकलन गरिएको समाज समाजका अध्यक्ष टोप पल्लीले बताए ।
सबै गरी करिब ७६ हजार पाउण्ड बराबरको सहसोग गुल्मी पठाइएको उनले बताए ।
उक्त सहयोग अभियानमा युवाहरू सोनम पल्ली, र उनका टीमले ५०० पाउण्ड, सल्लाहकार फत्त थापा सारू मगरले यसै प्रयोजनाको निम्ती स्थानियबासीलाई आह्वान गरेर २ हजार २ सय यके पाउण्ड संकलन गरी साथ दिइकोमा उनले धन्यवाद समेत दिए ।
समाजले संस्थाका महासचिव समेत रहेका बीर बलालको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरेको थियो । जसको सहसयोजकमा सल्लाहकार कोलेश्वर ढकाल, सदस्यहरूमा सह–कोषाध्यक्ष तारा भट्टराई, सदस्य राधा खरेल रहेका थिए ।
त्यस्तै नेपाल दूतावास लण्डनले नेपालको अध्यागमन विभागलाई पत्रचार गर्दै भन्सार छुटको व्यवस्था गराएको थियो ।
नेपालमा ती सामग्रीहरुको व्यवस्थापनको काम लिलामणी पोखरेलले गरेका थिए । सस्थापक अध्यक्ष समेत रहेका सल्लाहकार ओम थापा काउचाले मातृभूमी सधैको प्यारो रहने भएको कारण प्रवासमा रहेपनि सुखदुःख साटासाट गरिरहने बताए ।
आगामी दिनमा पनि यसप्रकारका कामहरु गर्न समाज सधै अग्रपंक्तिमा रहने उनले बताए । समाजका सल्लाहकार फत्त थापा सारूले यस अभियानमा साथ दिने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसप्रकारका अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।






