लन्डन ।
बेलायतस्थित युवा व्यवसायी सुमन शर्मा (सोहन) ले गैर आवासीय नेपाली संघ युकेलाई व्यवसायीमैत्री बनाउनु पर्ने बताएका छन्। एनआरएनए युकेको शनिबार हुन गैरहेको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएका शर्माले कोभिड १९ का कारण समस्या व्यहोरी रहेका बेलायतस्थित नेपाली व्यवसायीहरुलाइ संस्थागत सल्लाह, सुझावको खांचो रहेको बताए।
“बेलायतमा नेपाली मूलका विज्ञ एकाउन्टेन्ट, कानून व्यवसायी, कर परामर्शदाताहरु हुनु हुन्छा। व्यावसायिक संस्थाहरु पनि हुनुहुन्छ। उहाँहरु सबैलाई एकै ठाउँमा बोलाएर नेपाली व्यवसायीहरुका समस्याबारे व्यापक छलफल गरि कार्ययोजना बनाउन जरुरी छ । म कार्यसमितिमा निर्वाचित भएमा त्यसको लागि पहल गर्ने छु,” उनले भने। बाग्लुंग जिल्लामा जन्मिएका सुमन सपरिवार लन्डनमा बस्छन् र आफ्नै व्यवसाय गर्छन् ।
“मैले एनआरएनएलाई नजिकबाट हेरी रहेको थिए। सबै नेपालीहरुको साझा संस्था, एनआरएनए, प्रति युवाहरुको आकर्षण कम हुंदै गएको हो कि जस्तो लाग्यो। त्यसैले म विजयी भएमा मेरो मुख्य उद्देश्य बेलायतमा रहेका नेपाली मूलका युवाहरुलाई एनआरएन अभियानमा जोड्ने नै हुने छ। खेलकुद, कला, संस्कृति, मनोरन्जन लगायतका माध्यमबाट युवाहरुलाई एकीकृत गर्दै समाजसेवामा सक्रिय बनाउने मेरो योजना छ,” उनले भने।” भूतपूर्व गोर्खाहरुको हकहित, ससाना नानीहरुका लागि नेपाली भाषा कक्षा संचालन गर्ने पनि मेरो योजना हुने छ। त्यस्तै एनआरएनएलाई पारदर्शी र उत्तरदायी बनाउने तर्फ पनि मैले काम गर्ने छु।
त्यसैले आफ्नो अमूल्य मत दिएर मलाई विजयी बनाउनु हुन हार्दिक अपिल गर्दछु। साथै, तपाईं सबैको साथ, सहयोग र आशिर्वाद पाउने विश्वास पनि लिएको छु,” शर्माले भने। एनआरएन युकेमा शनिबार (३० जुलाई) राती १२ बजे देखि मतदान शुरु हुंदै छ।






