लण्डनको पशुपतिनाथ मन्दिरमा शिवरात्रि भब्य रुपमा सम्पन्न:

फडिन्द्र भट्टराई

१७ फेब्रुवरी २०१४,  साउथ ईस्ट लण्डनमा नेपालीहरु  द्वारा बेलायतमा  स्थापित पहिलो नेपाली मन्दिर पशुपतिनाथ मन्दिर प्लम्स्टिड मा हिन्दुहरुको महान पर्व शिवरात्री बिशेष पुजा आजा सहित भब्य रुपमा सम्पन्न भएको छ | मन्दिर परिसरमा  बिहान ७ बजे देखि नै स्थानिय नेपाली समुदायका  भक्तालुहरुको घुईचो लागेको थियो |

 

पण्डित द्वय निलहरी घिमिरे तथा बिनोद पन्थी द्वारा  रुद्राभिषेक सहितको पुजा प्रारम्भ पछी दिनभरी नै पुजा आजा निरन्तर संचालन गरिएको थियो   प्रात मध्यान् र सन्ध्यामा गरी तिन पटक पुजा सहितको बिशेष आरती सम्पन्न भएको थियो | बीच बिचमा शिव महिमाको सत संग सहित भजन कृतन  समेत गरिएको थियो भने साँझको आरति पछिको भजन कृतनमा भक्तालुहरु नाच गानमा झुमेका देखिन्थे |

 

मन्दिर संचालन समितिका अध्यक्ष होम शर्माले बिहान ७ बजे देखि राति अबेर सम्म सयकडौ दर्शनार्थीहरु सहभागी भएको जानकारी दिए | ” अहिलेको भवनको सुरक्षा प्रवन्ध सहितको केही मर्मत संहार संगै पुजा हलको बिस्तार गर्नाले ठुलो संख्यामा भक्तजन हरुलाई एकै समयमा पनि स्वागत गर्न सकियो “, बिस्तारित सत्संग हलको प्रसंग जोड्दै उनले भने |

मन्दिर संचालन र बिकासको लागी आर्थिक सहयोगीहरुको खाँचो रहेको बताउदै सहभागितामा व्यापकता सकारात्मक पाटो रहेको समेत उनले उल्लेख गरे | यस अवसरमा मन्दिर समितीका पदाधिकारी साथै  स्थानीय समाजसेवी, ब्यावसायी लगायतका सर्वसाधारण हरु स्वयम्  व्यवस्थापनमा खटेका थिए |

 

विश्व भरका हिन्दुहरुले बिशेष रुपमा भगवान शिवको पुजा आराधना एबम  उपवास गरेर मनाउने गरेको महाशिवरात्री पर्व बेलायतका नेपाली वस्ती भएका अन्य क्षेत्र अल्डर्शट, बर्मिङ्घम , वेम्ली लगायतका स्थानका स्थानीय मन्दिरहरुमा पनि भब्य रुपमा सम्पन्न भएका रिपोर्टहरु प्राप्त भएका छन् | बेलायतका नेपालीहरू ले  शिवरात्रिको शुभकामना तथा आफ्ना धार्मिक  गतिविधिहरु फेशबुक लगायतका सामाजिक संजालमा पनि उल्लेख्य रुपमा छरपस्ट पारेका थिए |