क्यानद्वारा बीबीसीलाई सुरक्षा सामग्री हस्तान्तरण

लण्डन । कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेश्नलले बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेलाई आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

युके इंग्याल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष समेत रहेका क्यान इन्टरनेश्नलका लाल बहादुर गुरुङ (एलबिजेड), अल्डरसट नेप्लिज युथका राजन गुरुङ लगायत युवाहरुले गुम्बामा प्रवन्धक पूर्ण गुरुङलाई गत शुक्रबार ती सामाग्री हस्तान्तरण गरेको हो ।

क्यान इन्टरनेश्नलले विगत केही बर्ष देखि बेलायतस्थित भूतपूर्व गोर्खा परिवार तथा नेपाली समुदायलाई लक्षित गरी विभिन्न परियोजनाहरु संचालन गर्दै आइरहेको थियो । कोभिड–१९ को महामारीबाट जोगिन पनि सुरक्षाका सामाग्रीहरु वितरण गर्दै आएको छ ।

संस्थाले नेपाली समाजहरु सँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउँदौ आगामी दिनमा पनि नेपाली समुदायको साथ र सहयोगको अपेक्षा गरिरहने क्यान युकेका निर्देशक डा.बलराम ढकालले लन्डन नेपाल न्युज लाई जानकारी दिए ।