नेपाली वेलफेयर सोसाइटी यूकेले दुइ देशका सांसद राखेर लम्जुङमा बाढ्यो राहत

लन्डन । नेपाली वेलफेयर सोसाइटी यूकेले गण्डकी प्रदेश लम्जुङको बेसीसहर नगरपालिका– १ उदिपुरमा ६० परिवारलाई एक महिना पुग्ने राहत वितरण गरेको छ ।सोसाइटीले नेपालका विपन्न परिवारलाई गरेको यो ११ औं चरणको राहत वितरण कार्यक्रम हो ।

भौगोलिक हिसाबले उदिपुर सुविधाजनक भए पनि त्यहाँका विपन्न ६० घर परिवारलाई नेपाली वेलफेयर सोसाइटीले ३० केजी चामल,५ किलो दाल, नुन, तेल लगायत दैनिक उपभोग्य राहत सामग्री उपलब्ध गराएको हो ।

नेपाली वेलफेयर सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीको संयोजनमा यसअघि ७ प्रदेशका १० स्थानमा राहत वितरण गरिसकिएको छ । राहत वितरण कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपाका सासद गोपी अछामीको प्रमुख आतिथयमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि अछामीले बेलायत देखि स्थानीय मजदूर तथा अतिविपन्न घर -परिवारका लागि महिनाभरि पुग्ने खाद्य सामग्री गाउँमा पुगेर ६० घर
धुरीलाई राहत वितरण गरेकोमा नेपाली वेलफेयर सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीलाई धन्यवाद दिए ।

यसैगरी कार्यक्रममा विशेष अतिथि बेलायतको फेलथमबाट निर्वाचित बेलायती सांसद सिमा मलहोत्राले जन्मस्थानमा विपतका बेला राहत वितरण गरेकोमा वेलफेयर सोसाइटीलाई धन्यवाद दिइन् । आफू नेपाली समाजको नजिक रहेर काम गरेको उनले स्मरण गरिन् । उनले भनिन्, ‘नेपालीहरुको सहयोगी भावनाको म जहिले कदर गर्छु ।’

कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अगुवाहरुको उपस्थिति थियो । उनीहरुले राहत वितरण कार्यक्रममलाई सम्बोधन गरेका थिए । वेलफेयर सोसाइटीको राहत वितरण कार्यक्रममा काउन्सिलर विष्णु गुरुङ,तमुधि लन्डन इकाइ पूर्वअध्यक्ष डेविड गुरुङ,स्याङ्जा जिल्ला यूके महासचिव डा. बलराम ढकाल,क्रोयडन नेपलिज कम्युनिटीका अध्यक्ष सूर्यमणि पौडेल,सयपत्री नेपाली समाज यूकेका अध्यक्ष दिलिप महरा,विश्वकर्मा वेलफेयर सोसाइटी यूकेका पूर्व अध्यक्ष थाम विश्वकर्मा, नेपाली कम्युनिटी नर्दन आयरल्यान्ड अध्यक्ष बलबहादुर थापा,नेप्लिज कम्युनिटी हिथ्रोका पुरुषोतम खड्का,बोनटक नेपाली समाजका भोला पनेरु ,भोला बिक्रम राइ लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

दूई देशका जन प्रतिनिधी राखेर यस्तो पारदर्शि कार्यक्रम जीवनमा बिरलै देख्न पाईन्छ,आज त्यो प्रतक्ष हेर्ने मौका मिल्यो।सातै प्रदेशका एघार जिल्लामा पुगेर राहत वितरण गर्ने अध्यक्ष धन बहादुर सार्की लगायत संपूर्ण सदस्याहरूलाई हृदय देखि नै धन्यावाद दिन चाहन्छु,विश्वकर्मा वेलफेयर सोसाइटी यूकेका पूर्व अध्यक्ष थाम विश्वकर्मा ले भने”।

जुम कन्फ्रेन्समार्फत् भएको कार्यक्रमको सञ्चालन एनआरएनए यूके सचिव जीत रानाभाटले नेपाली वेलफेयर सोसाइटीले प्रदेश पुगेर राहत वितरण गरेको कार्यलाई जुममार्फत् प्रशारण गर्दै उपस्थित सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपालबाट संयोजकको विशेष भूमिकामा रहेका डा. बुद्धि नेपालीले आज सम्म ४०२ घर परिवारलाई राहत वितरण गरिएको जानकारी दिदै सबैलाई धन्यवाद दिए।

लम्जुङ्ग स्थित वार्ड न १ का अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको राहत वितरण कार्यक्रममा प्रमुख अतिथि नेकपाका जिल्ला सदस्य एबम पूर्व गाबिस अध्यक्ष कृष्ण प्रसाद अधिकारी रहेका थिए,कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति सरन हरी जोसी,नेकपाका नेता सुनिल सुनार लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए।यसै गरि राहत वितरण कार्यक्रमको संयोजन वडा न १ कि सदस्य टिका बस्यालले गरेकी थिइन्।

‘हामीले अति विपन्न भएका परिवारहरुको पहिचान गरि राहत वितरण गरेका हौं’ राहत वितरण कार्यक्रमका संयोजक एबम नेपाली वेलफेयर सोसाइटीका युकेका अध्यक्ष धनबहादुर सार्कीलेले भने ‘ अप्ठेरो परिस्थितीमा सहयोग गर्नुनै मानविय धर्म हो, विहान काम गरेर साँझको जोहो गर्नुपर्ने श्रमिक मजदुरलाई नै बढी लकडाउनको मार परेको छ । उनीहरुको घरमा चुल्हो बलोस भनेर वेलफेयर सोसाइटीले विभिन्न संस्था र व्यक्ति मार्फत राहत वितरणका लागि सहयोग गर्दै आइरहेको भन्दै लम्जुङ्गको बेसीसहरसम्म पुगेर राहत वितरण गर्न पाएकोमा सबै सहभागीलाई धन्यवाद दिए ।