इङ्गल्याण्डका ह्यारी केनले जिते विश्वकपको गोल्डन बुट

लण्डन । विश्वकप फुटबलको २१ औं संस्करण रुसमा सकिएको छ ।

रुसले पहिलो पटक आयोजना गरेको विश्वकपको समापन समारोहमा विश्वका शिर्ष नेताहरुदेखि फुटबल हस्तीहरुको उपस्थिति थियो ।

विश्वकपको सेमी फाईनल खेलमा पराजित भएपनि इङ्गल्याण्डका ह्यारी केनले गोल्डन बुट अवार्ड जितेका छन् ।

यो विश्वकपमा सर्वाधिक ६ गोल गर्न सफल इङ्गल्याण्डका ह्यारी केनले गोल्डन बुट अवार्ड जितेका हुन् ।

केनले समुह चरणमा ५ तथा राउण्ड अफ सिम्सटिनमा एक गोल गरेका थिए । केनले गरेका ६ मध्ये ३ गोल पेनाल्टीमार्फत थियो ।