सभापति देउवाको निर्देशन : ‘कम्युनिष्टसँग लड्न तयार रहनुस्’

jLkL :d[lt lbj; nlntk'/sf] ;fg]kfdf #^cf}F jLkL :d[lt lbj;sf cj;/df g]kfnL sfFu|]; s]Gb|Lo ;ldltåf/f cfOtaf/ cfof]lht sfo{qmddf jLkLsf] tl:a/df dfNofk{0f ub}{ g]kfnL sfFu|];sf ;efklt Pj+ k"j{ k|wfgdGqL z]/axfb'/ b]pjf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिनायवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिएका हुन् ।

उनले डाक्टर केसीका माग जायज रहेकाले पुरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिदै चिकित्सा शिक्षा विधेयक हुबहु पास हुनुपर्ने बताए ।

देउवाले कम्युनिष्ट सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन पनि निर्देशन दिए ।

‘प्रजातन्त्रका लागि हिजो पञ्चायतसंग लड्यौ, राणासंग लड्यौ, भोली कम्ष्युनिष्टसंग लड्न परे लड्छौ । यही हो आज विपि कोइराला प्रतिको श्रद्धाञ्जली’ देउवाको भनाई छ ।

शान्तिपुर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौमा विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर पहिलो पल्ट जनताको अधिकार कुण्ठित पार्ने काम गरेको भन्दै उनले एकदलीय तानाशाही सर्वसत्तावादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए ।

प्रजातन्त्र विरोधी, मानवअधिकारविरोधी सरकारको निर्णयको कडा प्रतिकार गर्नुपर्नेमा उनको जोड थियो ।

कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफुहरुले अहिले मात्रै चिन्दै आएको भन्दै उनले जनताको खिलाप र प्रजातन्त्रको खिलापमा स्थापना गर्न खोजिएको एकदलीय सर्वसत्तावादी शासनको कडा प्रतिवाद गर्नुपर्ने बताए ।

‘तथाकथित निषेधित क्षेत्र घोषणा गरेर जनताको अधिकार कुष्ठित गर्न खोजिरहेका छन् । आज उनीहरुले जुलुश गर्न दिदैनन्, भोली बोल्न दिन्नन्, लेख्न दिन्नन् ,सच्चा मानेमा कम्युनिष्टहरु प्रजातन्त्रवादी हुदै होइनन्’ देउवाको आरोप छ ।