काठमाडौं– भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगणना सुरु भएको छ । यो वडामा ३२०२ मत खसेको छ । वडा नम्बर १९ को मतगणना सकिँदासम्म एमालेका मेयर उम्मेदवार देबी ज्ञवाली २२१ मतका साथ अघि रहँदा यो वडाबाट मेयरमा कसले बाजी मार्ने हो भन्ने फैसला हुनेछ ।
पछिल्लो मतपरिणामअनुसार मेयरमा देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणु दाहालले ४१ हजार ७२५ मत ल्याएकी छन् ।
यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएकी छिन् ।
यही वडाबाट भरतपुरको मेयर रेणु कि देबी चयन हुने भन्नेको फैसला हुनेछ । नतिजा आज साँझ सम्म आइसक्ने अपेक्षा गरिएको छ ।






