भरतपुर– भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगणना जारी रहँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मनान्तर साँघुरो पारेकी छिन् ।
रेणुले मनान्तर १७० बाट घटाएर १५३ बनाएकी छिन् । पछिल्लो मतपरिणामअनुसार देबी ज्ञवालीले सबै मत जाेडेर ४२२०१ मत ल्याउँदा रेणु दाहालले ४२०४८ मत ल्याएकी छिन् ।
वडा नम्बर २० को ४०२ मत गन्दा ६ मत बदर भएको र १९६ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नम्बर २० मा ३ हजार ३ सय २० मत खसेको थियो ।
भरतपुरबाट आयो लेटेस्ट नतिजा, रेणुले मतान्तर साँघुरो बनाउँदै






