मधेस आन्दोलनमा मारिनेका परिवारलाई दश लाख दिने सरकारको निर्णय

bicc-hallकाठमाडौं- सरकारले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई १० लाख दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् दोस्रो बैठकले गत वर्ष भएको मधेस आन्दोलनमा ज्यान गुमाएकाहरूका परिवारलाई १० लाख रुपैयाँ दिने तथा आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार पक्राउ परेकाहरूलाई रिहाई गर्ने निर्णय गरेको हो ।
ज्यान गुमाएका परिवारलाई गृहमन्त्रालयमार्फत् रकम निकासा हुने उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरू एक साताभित्र रिहाई हुनेछन् ।
यसैगरी बैठकले कर्णाली अञ्चलका सबै र देशभरिका दलित परिवारका बालबालिकाको जन्मदर्ता गराउँदा १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेको छ ।