वेस्टफिल्ड लन्डनमा एक व्यक्तिमाथि छुरा प्रहार

westfieldincidentलन्डन- वेस्टफिल्ड लन्डन सपिङ सेन्टरमा एक व्यक्तिलाई छुरा प्रहार गरिएको छ ।

घटनापछि सपिङ सेन्टर आंशिक बन्द गरेर छानबिन सुरु गरिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार सपिङ सेन्टरबाहिर छुरा प्रहार गरेर दुई व्यक्ति भागेका थिए ।

वेस्टफिल्ड बेलायतको दोस्रो ठूलो सपिङ सेन्टर हो ।

बेलायतको राजधानी सहर लन्डनको मुख्य भागमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा बिहीबार पनि एक महिलाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए । प्रहरीले उक्त घटना आतंकवादी आक्रमण हुन सक्ने भन्दै अनुसन्धान सुरु गरेको छ।