ऊलवीचको लोटस क्लबमा, बेली डान्सर ‘ प्रितिले प्रस्तुति दिने

lbz4लन्डन- आगामी अगस्ट १४ तारिख आइतबार ऊलवीचको लोटस क्लबमा सनराइज समर धमाका साँझ- २०१६ हुने भएको छ ।

उक्त सांगीतिक कार्यक्रममा चर्चित लोकदोहोरी गायिका तथा बेली डान्सर प्रिति आले मगर, नायिका नीता पोख्रेल, लोक दोहोरी गायक रामजी खाँड़ तथा चर्चित गजल, लोक, सालैजो, रोइला गायक थानेश्वर गौतमले आफ्नो प्रस्तुति दिने भएका छन् ।

आयोजक प्रकाशराज कँडेलका अनुसार उक्त कार्यक्रममा प्रवेश शुल्क १० पाउन्ड तोकिएको छ । कार्यक्रम साँझ ७ बजेदेखि राति ११ बजेसम्म हुने कँडेलले जानकारी दिए । कार्यक्रम परिसरमा खाना तथा पेय पदार्थको स्टल राखिने भएको छ ।कंडेलले यसअघि गायिकाहरु इन्दिरा जोशी र सुनिता दुलाल एवं नृत्य 
निर्देशक गोविन्द राईलाई बोलाएर सोही क्लवमा कार्यक्रम गरेका थिए । यसबाहेक उनले रमिला न्यौपाने र कुलेन्द्र विश्वकर्मा लगायत चर्चित गायकहरु शिव परियार, रामजी खांड र गायिका देविका केसीको कार्यक्रम पनि गरेका थिए ।

कंडेलले नेपालबाट राष्ट्रिय कलाकार यूके आएका बेला नेपालीहरु धेरै बसोवास रहेको लन्डन साउथ इष्ट क्षेत्रमा कार्यक्रम गरेर मनोरन्जन प्रदान गर्ने उद्देश्य आफ्नो रहेको जनाए । कार्यक्रममा साउण्ड सिस्टम हेर्ने जिम्मा हेम बिष्टलाई दिइएको छ । lbz 3