बेलायतबाट काउन्सिलर धन सार्कीले पाए पर्यटन प्रवर्द्धकमा नियुक्ति

लण्डन ।बेलायतबाट काउन्सिलर धन बहादुर सार्कीले पर्यटन प्रवर्द्धकमा नियुक्ति पाएका छन् ।

भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी धनबहादुर सार्की बेलायतको रसमोरको वेलिङटन वार्डबाट निर्वाचित काउन्सिलरसमेत हुन् ।

यस्तै, बेलायतको वेल्सका लागि सोमनाथ सापकोटा तथा आयरल्यान्डका लागि वसन्त न्यौपाने नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २९ जनालाई पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको छ ।
मन्त्रालयले बिहीबार २९ जनालाई विभिन्न देश, राज्य र सहरका लागि पर्यटन प्रवर्द्धकमा नियुक्ति गरेको हो ।

मन्त्रालयको मन्त्रीस्तरको यही फागुन १३ गतेको निर्णयअनुसार पर्यटन प्रवर्द्धक नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता हेमराज तामाङले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।