शिब भण्डारी
लन्डन ।हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेको अधयक्षमा लक्ष्मी खरेल गैरे निर्वाचित भएकी छन्।डिसेम्बर २५ बिहिबार सम्पन्न समाजको साधारणसभाले खरालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा थमलाल (सागर) गैरे, महिला उपाध्यक्षमा तुलसी (रिमा) सापकोटा,महासचिवमा ईश्वर रिजाल, सचिवमा दीपक पौडेल, कोषाध्यक्षमा नरेन्द्र पंगेनी, सह–कोषाध्यक्षमा सुमन कडेल, प्रवक्तामा ईश्वर सापकोटा सर्वसम्मत निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरुमा अजय शर्मा,मनिसा सापकोटा,रुद्र आचार्य,सबि पाण्डेय,बलराम पौडेल,विवेक खत्री,दुर्गा पहारी सापकोटा,शोभा घिमिरे, नगेन्द्र खड्का, रुद्र सुवेदी, कल्पना अधिकारी र तुलसी श्रेष्ठ निर्वाचित भएका छन्।
निवर्तमान अध्यक्ष भीम शर्माले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमितिलाई सर्वसहमत बनाउने काममा महत्वपूर्ण योगदान दिएका छन्। उहाँसहित निवर्तमान कार्यसमितिलाई विशेष बधाई तथा सम्मान व्यक्त गरिएको छ।

कार्यसमिती पूर्ण रूपमा सर्व-सहमत बनाउन तत्कालीन कार्यसमितिले गठन गरेको निर्वाचन समितिका संयोजक गंगाधर गौतम,सदस्य गोमा पौडेल र सदस्य–सचिव मिलन सापकोटाको टोलीले निष्पक्ष,स्वच्छ र समावेशी नेतृत्व चयन गर्न सफल भएकोमा हार्दिक बधाई दिइएको छ।
समाजका महासचिव ईश्वर रिजालले संचालन गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन र अध्यक्ष तथा महासचिवको दुई वर्षे कार्यकालको प्रगति विवरण माथि घनिष्ठ छलफल भए। उपस्थित सदस्यहरूले महत्वपूर्ण सुझाव सहित ती प्रतिवेदनहरू सर्वसहमत रूपमा पारित गरेका छन्।
कार्यक्रममा हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेका पूर्व अध्यक्ष कृष्ण शर्मा,साझाका उपाध्यक्ष शिव खराल,गोबिन्द सापकोटा,गुरु भण्डारी,शिब पराजुली,लोक नाथ अधिकारी,राजेश मणि लामिछाने लगायतले नवनिर्वाचित समाजका पदाधिकारीलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे।









