कुल आचार्य भन्छन्– जीत सुनिश्चित भयो

काठमाडौं– काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको विश्व सम्मलेनमा उपाध्यक्षमा उम्मेदवारी दिएका बेलायतका कुल आचार्यले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् ।

उम्मेदवारी दर्ता गरेपछि लन्डन नेपाल न्यूज डट कमसँग कुरा गर्दै आचार्यले जीत सुनिश्चित भएको बताए । उनले आफूलाई सबै क्षेत्रीय प्रतिनिधिहरुले शुभकामना दिएको उल्लेख गरे ।

सातौं सम्मेलनमा उनी एनआरएन युरोप संयोजकमा निर्विरोध भएका थिए ।

आचार्यले एनआरएन युकेको कार्यसमितिमा सदस्य, उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक हुँदै राष्ट्रिय समन्वय परिषदको नेतृत्व समेत गरेका थिए।

आचार्यले एनआरएनए मानवीय तथा कल्याणकारी समितिका सहसंयोजकको रुपमा सफलतापूर्बक जिम्मेबारी निर्बाह गरेका छन्। उनले काठमाडौं त्रिभूवन विमानस्थलमा ४० वटा ट्रली पुर्‍याएर सहयोग ल्याएका थिए।

यस्तै आचार्यको ओलम्पियन भूपेन्द्र सिलवाललाई लण्डन बोलाउनेदेखि पत्रकार अक्षय कोष स्थापना, जुम्लामा बर्थिङ सेन्टर स्थापनाको सहयोगमा पनि ठुलो योगदान रहेको छ।

आफ्नो जन्मथलो पर्वतको धाइरिङमा आफ्नै पिताको नाममा उच्चमाध्यमिक विद्यालयलाई सहयोग गर्नेदेखि लिएर कुश्मामा पाठशाला बनाउन समेत उनले सहयोग पुर्‍याएका छन्। गाउँठाउँका मठमन्दिर, पाटीपौवा बनाउनेदेखि लिएर नेपाल पुगेका बेला थुप्रै कल्याणकारी काममा सहयोग गर्दै आएका छन्।