स्विजरल्याण्डमा नेपाली नया वर्ष मनाईयो

स्विटजरल्याण्डको पर्यटकीय सहर लुर्जनमा यहि अप्रिल १९ तारिख आईतवारका दिन नया बर्ष २०७२ को उपलक्ष्यमा आयोजित शुभकामना साझ कार्यक्रम सम्पन्न भएको छ ।बिमला हायोज बस्नेत आयोजक रहेको उक्त सांगीतिक कार्यक्रमको मुख्य लक्ष्य मातृभूमिबाट टाढा रहेका र स्थानीय रुपमा छरिएर रहेका नेपालीलाई एकै थलोमा उपस्थित गराउदै नेपालका बिपन्न तथा अनाथ बालबालिकाहरुका लागि सहयोग सहयोग गर्नु रहेको थियो । उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त गायक गायिका मिलन लामा र शकुन्तला थापाको प्रस्तुति रहेको थियो ।
निर्धारित समय भन्दा केहि ढिला गरि आयोजक बिमला हायोज बस्नेतको सभापतित्वमा सुरु भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि स्विटजरल्याण्डका लागि नेपाली राजदुत महामहिम दिपक धिताल हुनुहुन्थ्यो भने स्विटजरल्याण्ड स्थित संघ सस्थाका प्रतिनिधिहरुलाई आसन ग्रहण गराइएको थियो ।प्रमुख अथिति महामहिम धिताल ,मुख्य आयोजक बिमला हायोज बस्नेतले सयुक्त रुपमा दिप प्रजोलित गरि उदघाट्न संगै राष्ट्रिय धुनबाट शुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अथिति महामहिम धिताल लगायत स्विटजरल्याण्ड स्थित संघ सस्थाका अध्यक्ष एवं प्रतिनिधिले शुभकामना मन्तब्य राख्नु भएको थियो भने सिमा गौतम र सुनम पन्तले प्रमुख अथिति एवं अथितिहरुलाई ब्याज लगाई दिनु भएको थियो ।
औपचारिक कार्यक्रमको समाप्ति संगै सागीतिक कार्यक्रम सुरु भएको थियो ।कार्यक्रमलाई बिशेष बनाउन नेपालबाट निमन्त्रित कलाकार मिलन लामाले आफ्ना चर्चित गित माझी दाई पोखरा, छम्म छम्म, तामांग सेलो लगायतका गितहरु र गायिका शकुन्तला थापाले आफ्ना चर्चित गितहरु सुन्तला र स्याउ , रातो पछ्यौरी लगायत गित प्रस्तुत गर्दै बाताबरणलाई रोमाञ्चक बनाउनु भएको थियो भने दुवै जनाले दोहोरी खेल्दै उपस्थित सबै तालमा ताल मिलाउदै नाच्न बाध्य बनाउनु भएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरु श्रीयास अधिकारी,देवान्सी अर्याल ,बर्षा हायोज ,झिल्के दाई ,नवराज घिमिरे , सुभाष सुन्दास ,सुदिप फ़्राउनफ़ेल्डर लगायतले आफ्ना आकर्षक प्रस्तुतिहरु पस्कनु भएको थियो भने कार्यक्रम आयोजक विमला बस्नेतले गत वर्षको कार्यक्रमबाट बचेको रकम नेपालमा अनाथ बालबालिका लागि सहयोग गरेको बारेमा तयार पारिएको रिपोर्ट सुनम पन्तले प्रस्तुत गर्नु भएको थियो भने पोखरामा १.५ मिलियन स्विस फ्रान्कको लागतमा निर्माण गर्न लागिएको स्तरीय अस्पतालको बारेमा डाक्टर लुकास एरबेर्लेले जानकारी गराउनु भएको थियो ।स्विसको स्थानीय टेलिभिजनले तयार पार्न लागेको नेपाली कला सस्कृति , स्विसमा बस्ने नेपालीको रहन सहन सम्वधि वृतचित्रका लागि नेपाली पोशाकको प्रदर्शन गरिएको थियो जसमा पुरुष तर्फ कमल भट्ट र महिला तर्फ निर्मला भुजेलले पुरुस्कार जित्न सफल हुनु भएको थियो । उक्त पुरुस्कार वृतचित्र निर्माण टिमले व्यवस्था गरेको थियो भने उक्त नेपाली पोशाक प्रदर्शनको व्यवस्थापन एवं संचालान सिमा गौतमले गर्नु भएको थियो ।
स्थानीय नेपाली र स्विस नागरिकको उलेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन गुणराज शर्मा र संगीत ब्यबस्थापन हिरालाल श्रेष्ठले गर्नु भएको थियो भने दल पुन लगायतको टीमले तयार गरेको स्वादिस्ठ नेपाली खानाको सबैले खुलेर प्रशंशा गरेका थिए ।
कार्यक्रमको अन्तमा स्विसनेपाल डटकमसंगको कुराकानीमा आयोजक बिमला हायोज बस्नेतले सबैको सहयोगले आजको कार्यक्रम सफल भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने हौसला बढेको बताउनु भयो । कार्यक्रमबाट बचेको रकम नेपालमा रहेका बिपन्न तथा अनाथ बालबालिकाहरुका लागि सहयोग गर्ने बताउदै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबैलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
गुणराज शर्मा ,स्विजरल्याण्ड