आशा अपाङ्ग केन्द्रलाई नयाँ वर्ष मनाउन बेलायतबाट सहयोग

image-13-04-16-10-08लन्डन- गुल्मी सदरमुकाम तम्घासस्थित आशा अपाङ्ग केन्द्रलाई बेलायतबाट आर्थिक सहयोग गरिएको छ ।

नयाँ वर्ष मनाउन भन्दै नौमती बाजा गुल्मी यूके समूहका संस्थापक सहसंयोजक एवं गुल्मी जिल्ला समाज यूकेका संस्थापक आजिवन सदस्य ओम बुढाथोकी र यादा बुढाथोकीले सहयोग गर्नुभएको छ । छोरी-ज्वाईं गोमा र थमनकी सुपुत्री ट्रिसाको जन्मदिनका अवसरमा बुराथोकी दम्पत्तिले १६ हजार ८ सय ७२ रुपैयाँ सहयोग गरेका हुन् ।

सपाङ्गलेजस्तै अपाङ्गले पनि नयाँ वर्ष मनाउन भन्ने उद्देश्यले सहयोग गरिएको बुढाथोकी दम्पत्तिले बताए । सहयोग रकम नौमती बाजा समूहका प्रमुख संयोजक ओमप्रसाद थापालाई हस्तान्तरण गरिएको छ ।

यसैबीच आशा अपाङ्ग केन्द्रलाई बेलायतबाट थप सहयोगको पनि अपेक्षा राखिएको छ ।

सहयोगका लागि केन्द्रकी प्रमुख गंगा रायमाझी वा बेलायतमा ओम थापालाई सम्पर्क गर्न सकिने बताइएको छ ।

13020318_1130972983600050_1496885446_n[1] 12980622_1130972976933384_1197929346_n[1]