समलिंगी दम्पतीलाई भिसा दिने निर्णय

काठमाडौं – कञ्चनपुर महेन्द्रनगरकी सुमन पन्त अमेरिकाम उच्च शिक्षा हासिल गरेर स्वदेश फर्कदा आफ्नो नाम अगाडि डाक्टर मात्र थपिनन् । उनले समाजमा आफ्नो परिचय पनि फेरिदिईन् । उनले अर्की महिला लोस्ली मेल्निकसँग क्यालिफोर्नियामा विवाह गरिन् र ती संगिनी लिएर आईन् ।

उनी बिहीबार आफ्नी संगिनीसँगै सम्पूर्ण कागजात लिएर अध्यागमनमा पुगेकी थिइन् ।

पर्यटक भिसामा आएकी लेस्लीलाई डिपेन्डेन्ट भिसा दिलाएर आँफूसँग यतै राख्ने उनको योजना छ । तर भिसा आवेदन दिनेबित्तिकै अध्यागमनका कर्मचारीमा के गर्ने भन्ने अन्यौल छायो । उनीहरुसँग विवाह दर्ता सहित सम्पूर्ण प्रमाण छ । तैपनि अध्यागमनमा महानिर्देशक केदार न्योपाने, निर्देशक बासु घिमिरे र भिसा अधिकृतहरुलगायतले बैठक नै बसेर के गर्ने भन्नेमा छलफल गरे । कागजातअनुसार भिसा दिनुपर्छ तर कुन तवरले दिने भन्नेमा उनीहरुलाई गाह्रै पर्यो ।
उनीहरु दुबै भक्तपुरको गोठाटारमा बस्छन् ।