बेलायतको नटिङघममा ३४ वर्षीय बद्री गौतमको दुखद निधन

लन्डन । बेलायतको नटिंघम शहरमा बसोबास गर्दै आएका बद्रि गौतमको निधन भएको छ ।

जून १८ शुक्रबार बिहान साइकल दुर्घटनामा परी घाइते भएका उनलाई नटिंघम शहरको क्विन मेडिकल सेन्टरको आपताकलित सघन कक्षमा उपचारको क्रममा निधन भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको कारण शनिवार देखि अक्सिजन र रगत प्रवाहमा समस्या भएको कारण आइतवार रातको १० बजे निधन भएको हो ।

२००९ फेब्रुअरीमा बेलायतमा आएका गौतम पेसाले सेफ थिए । ३४ बर्षीय गौतम १८ जुन २०२१ शुक्रबारका दिन बिहान ९ बजे भलिबल खेल्न भनी निस्किएका थिए । बर्षाका कारण भलिबल खेल्न नमिलेपछि घर फर्कने क्रममा घर देखी ४ मिनेट नजिकै रोबिनहुड रोड नजिकै गल्स एकाडमी स्कुल आगाडी साइकलबाट लडेका  थिए ।

घाइते अवस्थामा रहेका उनलाई अपरिचित व्यक्तिले पयारामेक बोलाइ सहयोग अस्पताल लैजान सहयोग गरेका थिए । परिवारका एक्लो छोरो गौतमको निधनले उनका बुवा ७५ बर्षीय थानिश्वर गौतमलाई खपिनसक्नू पीडा परेको छ ।

नेपाली नटिंघमका पूर्वअध्यक्ष हाल एनआरएन यूकेका सल्लाहाकार तथा राज्य समन्वय समितिका सदस्य सचिब विष्णु चालिसेले दुइ वर्ष पहिला जन्म दिने आमा गुमाएका बद्रीको परिवारमा असह्य पीडा भएको बताए ।

नटिघमको मेलवन पार्कमा २०१७ को समर देखी उनकै पहलमा हरेक समर सिजनमा नेपालकै झल्को मेटिने गरि भलिवल खेलिन्छ । आफ्ना साथिहरु र इस्ट मित्रहरुलाई हुरुक्कै माया गर्ने खरो मिजासका बद्री, आज सबैलाई वाकशून्य र आखा मिच्ने बनाएर सदाको लागि यो संसार बाट बिदा भएका छन् ।

नेपालको बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाको बडागाउमा जन्मे हुर्केका बद्री सबैका प्रीय पात्र थिए । आफ्नो क्याम्पस लेबलको पढाई नसक्दै काठमाण्डौ हुदै आफ्नै दिदी भिनाजू विष्णु चालिसेको पहलमा उनी बेलायत आएका थिए । २०१५ देखी बुटवल निबासी सरिता ज्ञवालीसंग बिबाह बन्धनमा बाधिएका युगल जोडी जवान अबस्थामै दुखद बियोगमा परे ।

नेपाली समाज नटिंघमका आजीवन सदस्य बद्रीको परिवारमा पुग्न गएको चोटलाई मलम पट्टी लगाउन नटिंघम समाज र आफन्तहरुले परिवारमा आपातकालीन सहयोगको लागि केहि आर्थिक सहयोग जुटाई राहात पुर्याउने समाजका अध्यक्ष दिपक सापकोटाले जानकारी दिए ।

करीब दुइबर्स अघि यस्तै गम्भिर दुर्घटनामा घाइते भएका उनले ३ महिनाको उपचार पछि राहत महसुस गरेका थिए । गौतमले आफ्नो स्वास्थ्यलाई ख्याल राखेर कहिले काहि मात्र पार्ट टाईम काम गर्दथे ।

उनको अन्त्येष्टी यही शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।