नेपालगन्जमा जन्मदिन मनाए ज्ञानेन्द्रले

नेपालगन्ज, २३ असार : आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन नेपालगन्जको सोल्टी होटलमा मनाएका छन् ।

होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ औं जन्मदिनको शुभकामना र बधाई दिएका थिए ।

आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार नेपालगन्ज आएका थिए ।

आफ्नो जन्मदिनको अवसरमा पूर्व राजा शाह आज बिहान यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर जानु भई पूजाअर्चना पनि गरेका थिए ।