राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ पदमुक्त

????????????????????????????????????

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० युवराज भुसाल पदमुक्त भएका छन् ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराए पनि भुसालले आइतबार बिहान पत्र बुझेका छन् ।

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।

सरकारको नीतिगत निर्णयलाई सम्मान गर्ने बताउँदै भुसालले पुनबर्हालीका लागि अदालत नजाने बताए ।