काठमाडौं- हिट फिल्म ‘बाटोमुनीको फूल’को सिक्वेलको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातीय छुवाछुत प्रथाको कुरालाई प्राथमिकता दिइएको छ ।
सबैजसो लिड कलाकार फिचरिङमा रहेको २ मिनेट ९ सेकेण्ड लामो ट्रेलरमा द्वन्द्वका केहि दृश्यहरुलाई पनि प्राथमिकता दिइएको छ ।
सुवर्ण थापा निर्देशित फिल्ममा दिलिप रायमाझी, बाबु बोगटी, अशिष्मा नकर्मी, रीमा विश्वकर्मा, ऋचा शर्मा, यशकुमार, अर्पण थापा लगायत लिड रोलमा छन् ।
फिल्मका प्रस्तुतकर्ता पनि यशकुमार नै हुन् ।






