लण्डन । बेलायतमा रहेका मगरहरुको साझा संस्था मगर सघं युकेको आसन्न सातौ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि आकाक्षींहरुले उम्मेदवार घोषणा गरिरहेका छन् ।
२०२२ देखि २०२५ सम्म ३ वर्षे कार्यकालको लागि चयन हुने नेतृत्व सम्हाल्न दौडधुप चलिरहेको छ । यसैबीच सातौँ महाधिवेशनमा राम गलामी मगरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष समेत रहेका उनले आफुले अहिलेसम्म संस्था प्रति गरेको योगदान र संस्थाको नेतृत्व सम्हाल्न आफु सक्षम रहेकाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको लण्डन नेपाल न्यूजसगं बताए ।
‘उपाध्यक्ष रहँदा कतिपय कार्यक्रमहरु चाहेर पनि गर्न सकिएन् उनले भने ती पुराना कामहरुलाई सम्पन्न गर्ने र मगर सघंलाई चलायमान बनाउँदै नियमित कार्यक्रमहरुलाई व्यापक र व्यवस्थित बनाउँदै लैजाने छु ।’
मगरले उम्मेदवारी घोषणासगैं आगामी ३ वर्षका लागि संस्थालाई गतिशिल र सक्रिय बनाउन केही प्रतिबद्धता समेत जनाएका छन् । मगर भवनको विस्तार गर्ने, बेलायतमा रहेका मगर समुदायहरुको आर्थिक सामाजिक स्थितीको बारेमा तथ्याङ्क संकलन गर्ने,सम्पूर्ण मगरहरुलाई एकताबद्ध गर्दै सगंठनमा आबद्ध गराउने र संघले संचालन गर्ने अभियानहरूमा युवा मगरहरुलाई समेत सहभागीतामा प्रभावकारी ढंगबाट अगाडी बढाउने प्रतिबद्धता जनाएको छन् ।
त्यस्तै उनको घोषणापत्रमा मगर महिला संघ संग समन्वय गरी, मगर महिलाहरूमा थप जागरण ल्याउदै जातिय उत्थानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने,मगर जातिको भाषा संस्कृतीको संरक्षण र संरक्षणका कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।उनले बेलायतमा रहेका सम्पूर्ण मगर समुदायहरुलाई आफुलाई विजयी बनाउन अनुरोध समेत गरेका छन् ।
प्रतिबद्धताका अलावा मगर संघ युके र समग्र मगर जातिको उत्थानका लागि कार्य गर्ने उनको भनाई छ । कसैलाई हराउन र कसैलाई जिताउनका लागि नभई आफु स्वतन्त्र उम्मेदवार र लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय भएकाले अध्यक्ष पदमा उम्मेदवारी दिएकाले सबैले सहयोग गर्न उनको अनुरोध छ ।
को हुन् अध्यक्षका प्रत्यासी मगर ?
२००५ देखि २००९ सम्म मगर संघ यूके अन्र्तगत रेडिङ्ग शाखाको अध्यक्ष पदमा रहेर काम गरेका उनी विभिन्न सामाजिक सघं संस्थामा क्रियाशिल रहेर काम गर्दै एउटा सामाजिक अभियान्ताको भुमिका समेत निर्वाह गर्दै आईरहेका छन् ।
उनी २००९ देखि हाल सम्म मगर संघ यूके रेडिङ्ग शाखाको सल्लाहकार त्यसैगरी २००६ देखि २०१३ सम्म रेडिङ्ग गोर्खा एसोसिएशनमा अध्यक्ष, २००७ देखि २०१० सम्म रेडिङ्ग नेपाली समाजमा उपाध्यक्ष, २०१० देखि २०१३ सम्म मगर संघ यूकेको केन्द्रीय कार्यकारिणी सदस्य, २०१६ देखि २०१९ सम्म गुल्मी जिल्ला समाज बेलायतको अध्यक्ष र हाल २०१९ देखि मगर संघ यूके केन्द्रीय समितिको उपाध्यक्ष रहेर काम गरेका छन् ।
दर्जनौ संघ संस्थामा आबद्ध भएर नेतृत्व तहको जिम्मेवारी सम्हालेका उनले आफ्नो प्रतिवद्धता, अनुभव र लगनसिलता मगर समुदायको सेवामा समर्पित गर्ने आफ्नो ईच्छा रहेको बताएका छन् ।






