त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपाललाइ

काठमाण्डौ । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले हात पारेको छ । घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।

त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपालले पिएनजीसामु नेपालले १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा उसले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो ।

श्रृङ्खलामा अपराजित हुँदै नेपालले उपाधि कब्जा गरेको हो । नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । यस्तै करणले ३ र सन्दीप लामिछानेले २ विकेट हात पारे ।

पीएनजीका सेसे बाउले ३८ बलमा १ चौका र ६ छक्का सहित ५९ रनको अर्धसतकिय पारी खेले । यस्तै चार्ल्स अमिनीले १५, ओपनर असद भाला र लेगा सिएकाले समान ८/८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।