काठमाडाैं । नेपाली क्रिकेटका अलराउण्डर खेलाडी दीपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सोमवार ब्याटिङ गर्दै एक हजार रन पूरा गरेका हुन् ।
दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।






