नेपालद्धारा नेदरल्याण्ड उसकै घरेलु मैदानमा पराजित

काठमाडौँ- आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँग पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा सनसनीपूर्ण जित दर्ता गराएको छ । पहिलो खेलमा लज्जास्पद पराजय बेहोर्न बाध्य नेपालले उक्त हारको बदला लिदै नेदरल्याण्डलाई उसकै घरेलु मैदानमा नै १९ रनले जित्योन सफल भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१७ रनको योगफल तयार पारेपछि केही हच्किएको नेदरल्याण्ड नेपालको कसिलो बलिंग सामु ४८.३ ओभरमै १९८ मा समेटिएपछि नेपालले सनसनीपूर्ण जित आफ्ना नाममा लेखाउन सफल भएको हो । नेपालका लागी महत्वपूर्ण जित निकाल्न कप्तान पारस खड्काले ८४, सागर पुनले ४५ र ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । नेपालका विनोद भण्डारी १७, शरद भेषावकर ६, अनिल मण्डल र बसन्त रेग्मी ४ ÷४ तथा सोमपाल कामीले २ रन बनाए ।

१० औ ओभरमा अनिल मण्डल ३३ बलमा ४ रन मात्र हानेर आउट हुदा नेपालको स्कोर २२ रन थियो । त्यसपछि ब्याटिंगमा आएका शरद भेस्वाकरले १५ बलको सामना गर्दै ६ रनमा आउट भए । २० औ ओभरमा ज्ञानेन्द्र मल्ल ३९ रनको व्यक्तिगत स्कोरमा आउट हुदा नेपाल स्कोर ६५ रन थियो । त्यसपछि पारस र सागर पुनले नेपालको पारी उकास्द्दै ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।

नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछाने र सागर पुनले एक एक विकेट लिए । नेदरल्याण्डसका मिर्युले ५६ तथा म्याक्स ओडुड ३५ रन बनाएपनि टीमलाई जिताउन भने सकेनन् । अंक तालिकाको छैठौं स्थानमा रहेको नेपाललाई सन् २०१८ को एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जिवितै राख्न सोमबारको खेल जित्नैपर्ने दबाब छ ।