कतारले प्रतिबन्ध हटाउन राखिएका शर्तमाथि दियो यस्तो जवाफ

प्रतिबन्ध हटाउनका लागि चार अरब देशद्वारा राखिएका १३ बुँदे शर्तलाई कतारका विदेशमन्त्रीले खारेज गरेका छन् ।

कतारका अनुसार यी शर्त न त तर्कसंगत छन् न नै मान्न लायक ।

साउदी अरब, इजिप्ट, यूएई र बहराइनले कतारमाथि कडा प्रतिबन्ध लगाइराखेको छ । कतारले चरमपन्थलाई आर्थिक मद्दत गर्ने भएकाले अलग्याइएको यी देशको ठहर छ ।

यीमध्ये अल जजिरा टेलिभिजनलाई बन्द गर्ने शर्त पनि राखिएको छ जो कतार सरकारको हो ।

यसैबिच अल जजिराले यी देशमाथि ‘प्रेस स्वतन्त्रतालाई समाप्त गर्ने’ कोसिस गरेको आरोप लगाएको छ ।

पछिल्लो दुई हप्तादेखि कतार अभूतपूर्व कूटनीतिक र आर्थिक नाकाबन्दीको सामना गरिरहेको छ जबकी इरान र टर्कीले कतारलाई खाना र अन्य आवश्यक वस्तुको आपूर्ती गरिरहेको छ ।

कतारलाई दिइयो १० दिनको समयः

चरमपन्थलाई आर्थिक मद्दत गरेको र क्षेत्रीय अस्थिरता बढाएको आरोपलाई कतारले अस्विकार गर्दै आएको छ ।

यी चार देश कतारले इरानसँगको सम्बन्धलाई कम गरोस् र टर्कीको सैन्य अड्डालाई बन्द गरोस् भन्ने चाहन्छन् । यसका लागि उनीहरुले शुक्रबार १० दिनको समय दिएका छन् ।

कतारी सरकारका एक प्रवक्ताले यी मागमाथि ‘परामर्श’ गरिरहेको छ ।

बुधबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले यी चार देशसँग शर्तलाई तर्कसंगत र मान्न योग्य बनाउन सल्लाह दिएको छ ।

अल जजिराले के भन्यो ?

यद्यपी, कतारी विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–ताहिनीको हवाला दिँदै अल जजिराले भन्यो, ‘अमेरिकी विदेशमन्त्रीले केही दिन अघिमात्र नाकाबन्दी गर्ने देशसँग आफ्ना असन्तुष्टिको यस्ता माग सूची जारी गर्ने सल्लाह दियो जुन तर्कसंगत र मान्न लायक होस् ।’

उनले यी सूचीले ती मापदण्ड पूरा नगरेको बताएका छन् ।

‘कतारले १० दिनभित्र मान्नुपर्छ यी माग, नभए…’

उनले भने, ‘यी प्रतिबन्धको चरमपन्थविरुद्धको लडाईंसँग कुनै सम्बन्ध नभई कतारको सम्प्रभुतालाई कम गर्न र हाम्रो विदेशी नीतिलाई अन्यलाई जिम्मेवारी दिन यस्तो षड्यन्त्र रचिएको हो ।’

एक बयानमा अल जजिराले भन्यो, ‘कुनै पनि सरकार वा संस्थाको दबाबमा घुँडा नटेक्दै हामी व्यवसायिक पत्रकारिता गरिरहन्छौं ।’

प्रतिबन्धको असरः

कतारका मुख्य आयात मार्ग साउदी अरबबाट थल मार्ग र यूएईको बंदरगाहसम्मको समुन्द्री मार्ग प्रभावित छ ।

यसका साथै वरिपरिका वायु सीमा कतारको विमानका लागि बन्द छन् । यद्यपी, यो सानो तर धनी देशले आर्थिक नाकाबन्दीसँग लड्नका लागि अन्य विकल्पको खोजी गरेको छ ।

छिमेकी मुलुकमा रहेका कतारका नागरिकले सबैभन्दा धेरै समस्याको सामना गर्नुपरेको छ । रोयटर्सका अनुसार कतारी नागरिकलाई देश छोड्ने चेतावनी दिइएको छ ।

अमेरिकाको भूमिकाः

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कतारका विरुद्ध कडा नीति आएनाएका छन् र त्यसमाथि चरमपन्थको उच्च स्तरमा आर्थिक मद्दत गरेको अरोप लगाए ।

यद्यपी, यो संकटमा संलग्न अरब देश अमेरिकाको नजिकका सहयोगी हुन् जबकी मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा कतारमा छ ।