एमालेले तयार पार्‍यो घोषणापत्र, वृद्धभत्ता ५ हजार पुर्‍याउने

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका बेला नेकपा एमालेले पनि आफ्नो घोषणापत्र तयार पारेको छ ।

घोषणापत्रमा एमालेले वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले बताए ।

०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरुको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजार पुर्‍याउने उल्लेख छ ।

प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्‍याएर दक्षिण एसियामै अगाडि आउने महत्त्वाकांक्षी योजना घोषणापत्रमा छ ।