काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वसांसद योगनारायण यादव पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यादवलाई नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट पक्राउ गरेको हो ।
धनुषाको एक विद्यालय व्यवस्थापन समिति चयन गर्ने क्रममा उनले गोली प्रहार गरी दुईजना स्थानीयको हत्या गरेको आरोप छ ।
“धुम्बाराही पार्टी कार्यालयमा बसेको अवस्थामा पक्राउ गरेका हौं,”एक प्रहरीले भने,“उनलाई बुधबार नै धनुषा पठाइएको छ ।” यादव २०५६ सालको निर्वाचनमा धनुषाबाट निर्वाचित सांसद समेत हुन् । धुम्बाराही पार्टी कार्यालयमा लुकेको अबस्थामा प्रहरीले उनलाई बुधबार बेलुका पक्राउ गरेको जनाएको छ ।
यादवमाथि २ जनालाई गोली हानी हत्या गरेको आरोप छ ।
धनुषाको मदन आश्रित निमाविको चुनावमा झडप हुँदा उनले स्थानीय रामसेवक राउत र रामप्रकाश यादवको हत्या गरेको प्रहरीको दावी छ ।






