शिब भण्डारी
नयां वर्ष २०७२ को अवसरमा लण्डनस्थित चाल्र्टन नेपाली समाजले पनि आइतबार शुभकामना कार्यक्रम गरेको छ । चर्चित लोकदोहोरी कलाकारहरु खुमन अधिकारी र देवी घर्तिको विशेष प्रस्तुति रहेको सो कार्यक्रममा त्यस क्षेत्रमा बस्ने सयौं नेपाली सहभागी थिए ।

समाजका अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो तथा औपचारिक सत्र सचिव टिएन रिजालले सञ्चालन गरेका थिए । कार्यक्रममा कार्यवाहक राजदुत तेजबहादुर क्षेत्री र एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेल पनि सहभागी भएका थिए ।
कार्यक्रमको दोस्रो तथा अनौपचारिक चरणको सञ्चालन मञ्जु भण्डारीले गरेकी थिइन । त्यसक्रममा चर्चित दोहोरी कलाकारका प्रस्तुतिसंगै स्थानीय किशोर किशोरीहरुले केहि आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए ।

चर्चित दोहोरी कलाकारहरुका लोकदोहोरी गीतहरुमा कार्यवाहक राजदुत क्षेत्रीसंगै समाजका पदाधिकारी र अन्य सहभागीहरुले दोहोरि सहित को बेजोड नाच मा नै रमाई रहे कार्यक्रम सम्पन्न गर्न ,समाज का सम्पूर्ण सदस्यहरु सक्रिय देखिन्थे ।
गायक अधिकारी र गायिका घर्तिले आफना चर्चित तथा लोकप्रिय एकल तथा दोहोरी गीतहरु प्रस्तुत गरेका थिए ।






