पञ्चायतमै भौतिक निर्माणको जग बसेको दाहालद्वारा स्वीकार

prachanda23काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा भौतिक निर्माणको जग पञ्चायतकालमै बसेको स्वीकार गरेका छन् ।

एमाओवादी केन्द्रीय कार्यालयमा सोमबार वरिष्ठ साहित्यकारहरुसँग दाहालले पञ्चायतकालमा निर्माण भएका भौतिक संरचनाहरु लोकतन्त्रमा भताभुंग भएको बताए ।

राणाकाल र पञ्चायतकालमा सुरुआत भएका राम्रा कामहरु लोकतन्त्रमा भत्किएका कारण लोकतन्त्रको मोडलमाथि नै विचार गर्नुपर्ने अवस्था आएको पनि उनले बताए ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायतका वरिष्ठ स्रष्टा तथा साहित्यकारहरुले नेपाली साहित्यको मेरुदन्ड साझा प्रकाशनलाई बचाउन शीर्ष नेताहरुलाई आग्रह गरेका थिए ।