सिरियामा बेचिएकी नेपाली चेलीको उद्दारका लागि नायिका थापाको अपिल

genu

हाल अमेरिकामा रहेकी नायिका रेखा थापाले आफ्नो अफिसियल फेसबुक पेजमा नेपाली नारी बेचबिखन सम्बन्ध्ति मुद्धामा केन्द्रित हुँदै नेपाली युवा जमातलाई अपिल समेत गरेकी छिन्।  बुटवल शंकरनगर ३ निवासी गेनु रेष्मी थापा मगरको ‘सरकारबाट बाच्न चाहन्छु’ भन्ने लेखमा केन्द्रित रहेर नायिका थापाले तत्काल उद्दारको लागि पहल गरेकी हुन ।

उनले लेखेको स्टाटस जस्ताको तस्तैः

आज बिहान मात्र साहित्यकार दाइ जगदीश घिमिरे को ” मानबता नभएको फिरंगी को देश ” भन्ने सिर्शक मा ज्यादै मन छुने लेख पढेको थिए। तर केहि समय पश्चात फेरी आफनै देश को अर्को ‘सरकार म बाच्न चाहान्छु ‘ शिर्सक मा समाचार पढ्दा यो मन ज्यादै दुखित बनेर आयो। बुटवल निवासी Genu Reshmi Thapa Magar ले नाम नै किटानी गरेर सिरियामा उनीलाई बेचेको भन्ने समाचार इन्टरनेट मार्फत भाईरल भैसक्दा पनि किन नेपाल सरकार चुपचाप छ ? दोषी किटानी गरेर विदेशबाट शोशीयल मिडिया मार्फत ज्यान बचाउन आबहान गर्दा पनि , आफनु जनतालाइ बिपत अनि आपत को समयमा अलि कति पनि भरोशा दिन नसक्ने सरकार किन चाहियो ? सरकार, जनताको लागि हो या जनता, सरकार को लागि नेपाल मा बुझ्न सकियन ?

सानो सानो विपति का कुराहरु मा पनि जनताहरु आफै ले नै उल्टो सरकार लाई सहयोग र भरॊशा दिनु पर्ने कस्तो बिचित्र को देश का कस्ता जनता हामि , अनि लाज पचाउन सक्ने राजनीतिक कु -सस्कार बोकेकाका राज नेता बनेर जनता लाइ चिनाउन चाहनेहरू । १ महिना अगाडी मात्रै भुकम्प जादा बिदेसीहरु ले कसरि आफ्नु जनताहरु लाइ तिनीहरु को देश फिर्ता लगे , त्यो हामि सबै ले देखेकै कुरा हो। सरकार आफनु नागरिक प्रति पूर्ण जिम्बेबार हुनु पर्छ। हुन त , देश यति ठुलो महाबिपति मा गुज्रिरहेको बेला , प्रधानमन्त्रि को पद को लागि झगडा गर्ने नेत्ताहरु संग जनता को समस्या को के दुख पोख्नु ?

आफ्नु देश का नागरिक बिदेसमा यौटा पशु सरह बेचिएको समाचार आउदा त, कुनै चासो र जिम्बेबारी नदेखाउने नेपाल सरकार लाई जाबो भूकम्प मा १० हजार जनताहरु मर्दा र १-२ लाख मान्छे घर बार बिहिन भएर के नै बिग्रियो र मन्त्रि ज्यु हरुलाई ?
अब यस्तो लाचार , अस्तित्यो बिहिन र जनता र राष्ट्र प्रति गैर जिम्बेबार सरकार सामु न गिड गीडाउ। हामि व्यक्ति र सस्थाहरु नै काफी छौ यौटा नेपाली छोरि , आमा अनि बहिनि को अस्मिता र प्राण को सुरक्ष्या गर्न।
देश का प्रमुख राजनैतिक परिबर्तनहरुमा बिधार्थी तथा युवाहरु को ठुलो नै भूमिका रहदै आएको इतिहास छ। एउटा नेपालकि छोरि र चेलीहरु पशु सरह बेचिएको समाचार आइरहदा के तपाईहरु को यो जिम्बेबारी होइन र समन्धित निकाय लाई दबाब दिने ?

कति राजनैतिक झन्डा को लागि मात्र तपाईहरु लड्नु हुन्छ। जुन देश मा छोरि, चेली र नारि जाति माथि अन्याय हुन्छ त्यो देश र जनता को बिकाश कहिले हुन्न। हिन्दु धर्मग्रन्थ अनुसार पनि नारि जाति को रक्षा को लागि नै धेरै युद्धहरु भएका थिए।
हो , आज बाट नै हामी युवाहरु ले नै नेपाली बहिनि Genu Reshmi thapa magar लाई सिरिया बाट नेपाल फिर्ता ल्याउन रास्ट्रिय अभियान सुरु गर्नु पर्यो। सिरिया सरकारलाई अन्तर रास्ट्रीय सस्था वा अरु कुनै उपाय बाट दबाब दिने तयारी चाडो भन्दा चाडो सुरु गर्नु पर्यो।

मेरो देशका उत्साहित युवा जमातहरु माथि ,म गर्ब गर्छु। देशको हितको लागि भनेर बिना राष्ट्र स्वार्थ धेरै नेपाल बन्द गर्यौ , कुटाकुट गरयौ अनि मर्न र मार्न पनि तयार भयौ। खोई त ? यौटा नेपाली छोरीलाइ दलाल ले बेच्यो भनेर , प्राण रछ्या को लागि रोई , कराई गर्दा पनि तपाईहरु लाई कहिँ कतै चित्त दुख्दैन। आफनु छोरी , चेली को लागि यक पटक मार्न र मर्न तयार हुन सकिन्न र ? हामी ले चाहे जुनै कुरा पनि सम्भब छन्। इंडिया को कुनै नेता वा कलाकार ले केहि सानो तिनो बिना तुक को नेपाल प्रति को असहमति राख्यो भने पनि हामी काठमाडौँ मा टायर बालेर बिरोध गर्न सक्छौ भने, खोइ त ?हाम्रो छोरी चेली पशु सरह बेचिदा यौटा टायर बाल्न र दोषी माथि छानबिन गर्न माग समेत हामी ले गर्न नसक्ने गरि यति धेरै कमजोर बनेछौ।

हामीले धेरै सुन्यौ चेली बेच बिखन का कुरा अब एस्को अन्त्य को लागि आउनुस आजै बाट यक भएर सडक बाट हुन्छ कि कहाँ बाट हुन्छ राष्ट्रिय अभियान सुरु गरौ। सिरिया मा बेचिएकी चेली लाइ सम्मान पुर्बक आफ्नु देश फिर्ता गरौ। दोषी लाई कानुन सामु लाएर , बास्तबिकता बुझेर जन्म कैद को सजाए तत्कालै सुनाईयोस। नेपाल सरकार ले पनि आफु सरकार भएको महसुस जनता माझ प्रस्तुत गर्दै उतरदाही बनोस।

गेनू रेशमी थापा मगर  बहिनिलाई सिरिया बाट फिर्ता ल्याउन कुनै व्यक्ति वा सस्था कार्यरत हुनु हुन्छ भने म रेखा थापा तथा रेखा थापा फाऊन्देशन जे जस्तो सहयोग को लागि पनि तयार रहेको र सबै नेपाली जनताहरु मा पनि उत्तरदाही बन्दै सहयोग को लागि अपिल गर्न चाहन्छु।