देविस्थान गाविस ५ फलेवास पर्वतमा विद्यालय स्तरको पठाइ सकि २०५८ सालमा राजधानी भित्रिएका सरोज साजन श्रेष्ठ यदिबेला मायालुको देश म्युजिक भिडियोस“गै चर्चामा आएका छन । गायनसमेत आफै गर्ने श्रेष्ठ पहिलो एल्बम पापीनीको अपार सफलतापछि मायालुको देशमा अभिनय गरेका हुन । स्वगीर्य बुबा रामप्रसाद श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठका कान्छा छोरा आफैमा गीत संगीतका पारखी हुन । २९ वर्षमा टेक्दै गरेका श्रेष्ठले आफनो जन्मथलो फलेवासमै गएर अन्य म्युजिक भिडियो सुटिङ गर्ने योजना समेत बनाएका छन । गायक तथा मोडल श्रेष्ठसँग नेपालपाटीले कुराकानी :
यस क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरो घरमा संगितीक वातावरण थियो । मेरो बाबा गीतसंगीत सुन्नुहुन्थ्यो । गाउँने, बजाउँने सबै गर्नुहुन्थ्यो । हाम्रो परिवार धेरै पुस्तादेखि स्थानीय गीतसंगीतमा आवद्ध भएकोले मलाई यो क्षेत्रमा लाग्न सजियो भयो । खासगरी मेरो बुबाको प्रेरणा तथा सहयोगले यो क्षेत्रमा लागेको हुँ ।
तपाईको पहिलो कोसेली कुन हो ?
मेरो पहिलो कोसेली पप÷आधुनिक गीति एलव्म (एस ३) हजुरहरु माझ ल्याइसकेको छु । मेरो दुईवटा भिडियो पापीनी र मायालुको देश बजारमा आइसकेका छन । अहिल दोस्रो मायालुको देश बजारमा आएको छ ।
कलाकारितामा लागेर बाच्न कतिको सहज छ ?
यो क्षेत्रमा लागेर बाँच्न भन्दापनि मलाई सन्तुष्टि मिलेको छ । मेरो बुबाले थालेको सांगितीक यात्राको शुरुवातलाई मैले निरन्तरता दिने प्रयास गरेको छु । अनि निरन्तर गीत संगीत मै लाग्ने छु ।
केटी साथी कत्तिको बनाउँनु भएको छ ?
म अविवाहित लक्का जवान युवक हु । विहे गर्ने शुरसारमा छु तर लगन जुरेको छैन । मेरो कुनै केटी साथी छैन । साथी कम बनाउँछु, त्यसमा पनि केटी साथ िकम छन् । भनेजस्तो केटी भेटियो भने विवाह गर्ने हो ।
आफै अभिनय गरेर दृश्यमा खेल्नुहुन्छ की निर्देशकको आदेशमा ?
मुलतः म्युजिक भिडियो एउटा निर्देशकको सोच र स्क्रिप्टमा बनेको हुन्छ । त्यही भएर उहा“हरुको भिजुवल वा स्क्रिप्ट अनुसार गर्नुपर्ने हुन्छ ।
यसमा भोग्नु परेको सहजता वा असहजता के छ ?
सहज असहज भन्दा पनि यो क्षेत्र मैले नै रोजेको क्षेत्र भएकाले अप्ठ्यारो त पक्कै पनि छ । तैपनि मेरो निरन्तर प्रयास तथा संघर्ष गरिरहने स्वभाव भएकाले सहज नै छ । म सबै विषय बस्तुलाई समाधानका लागि सहज र सकारात्क तरिकाले सोच्ने, बुझने तथा लिने गर्दछु ।
मन पर्ने गायक गायिका वा मोडल को हो ?
मलाई मर्न पर्ने गायक आदरणीय नारायण गोपाल हुन । मलाई सबै जना राम्रा लाग्छन । नया“ पुस्तामा कल्याण सिंह, सन्तोष लामा, हेमन्त राना, मेजिना राई मन पर्छ ।
सिआरविटिले गायकहरुलाई कस्तो सहज बनाएको छ जस्तो लाग्छ ?
सिआरविटिले गायकलाई थप आम्दानी र परिचयको बाहक बनाएको छ ।
कस्तो मुडमा गाउन अथावा अभिनय गर्न मन पर्छ ?
मलाई मुड चल्ने हुदैन तर पनि एकदम सेन्टिमेन्ट र रोमान्टिक गीत संगीतले मेरो मन उथुलपुथुल पार्ने भएकाले त्यस्ता कथा बोकेका गीतसंगीतमा अभिनय गर्न मन लाग्छ ।
अभिनय गर्न वा गित गीत गाउँन कुन सहज लाग्छ ?
गीतसंगीत एउटा महत्वपूर्ण सिर्जनशिल क्षमता हो । त्यो शक्ति भगवानले दिएकै हुनुपर्छ जस्तो लाग्छ । मोडलिङ थाल्ने कुरा गीतको कथामा बग्ने हुदा“ सहज हुन्छ तर क्यारेक्टरमा डुबेर अभिनय गर्न गाह्रो हुन्छ ।
सेक्स के हो ?
सेक्स प्रकृतिले दिएको सुन्दर उपहार हो । यो बंश बढाउन पनि लागु हुन्छ ।
नयाँ कलाकारको भविष्य कस्तो लाग्छ ?
गीतसंगीत आफैमा महासागर हो जो पौडिन्छ त्यो तैरिन्छ, जो थाक्छन त्यो डुब्छन । त्यसैले निरन्तर संघर्ष गर्दै जानुपर्छ । अवश्य पनि मैले यो क्षेत्र निक्कै उज्जवल तथा आशावादी देखेको छु ।
नया“ पिढिंलाई के भन्नुहुन्छ ?
जसले यो क्षेत्रमा प्रवेश गर्न लाग्नु भएको छ । या सोच्नु भएको छ । पहिला उनीहरुले संगीत सिक्नु जरुरी छ । साधना जरुरी छ । सबै कुराको आधारभूत ज्ञान हुनु आवश्यक छ । सबै भन्दा ठूलो पक्ष त स्वर, साधना र निरन्तरताको हो ।
आफुले मोडलिङ गरेका गितहरु घरपरिवारसग सगै बसेर हेदा कस्तो लाग्छ ?
मैले त्यस्तो छाडा तरिकाले म्यजिक भिडियो बनाएको छैन । मेरो गीतसंगीत समाजकै कथा व्यथा भएकाले सबै जनास“ग बसेर हेर्न तथा सुन्न सकिन्छ ।
भिडियो हेरेर तपाईलाई प्रत्यक्ष भेटदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
सकरात्क प्रतिक्रिया पाएको छु । मेरो गाउने स्टायल, मेरो हेण्डसम लुक्सको चर्चा हुन्छ । विशेष गरी मेरो गीतको शब्दहरुको कुरा हुन्छ । एउटा गायक भएपछि शब्द छनौटमा विशेष ध्यान दिनुपर्छ ।
अर्को जुनी पाए के बन्ने इच्छा छ ?
अर्को जुनी पाए भने त्यो चरी झै उडन सक्ने भए त मै पनि जाने थिए बादलुको देश मेरी मायालुको देश के गर्नु यो जुनीमा पापीनीले छोडेर गई ।
कलाकारको पारिवारिक वातावरण सहन हुदैन भन्निछ तपाईको कस्तो छ ?
यदि पारिवारिक वातावरण सहज नभएको भए कोही पनि कलाकारै हुने थिएन होला हैन र ?
परिवारप्रति तपाईको संगीत क्षेत्रमा लागेकै कारण कहिले विवाद भउको छ ?
विवाद भन्दापनि रुचीको विषय हो । मेरो परिवारले मेरो लक्ष्य बुझेकाले यो क्षेत्रमा समस्या झेल्नु परेको छैन । अहिले त झन जब मेरो गीतहरु बजारमा आयो विस्तारै चर्चा बटुल्न थाल्यो सबै जनाले चिन्न थाल्नुभयो । जेहोस यो अवस्थामा मेरो घरपरिवार खुसी हुनुहुन्छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था देखेर कस्तो धारणा मनमा आउछ ? राजनीतिज्ञ प्रति तपाईको सुझाव के छ ?
एउटा गायकको नाताले भन्नुपर्दा जसरी गायकले शब्द चयन गरेर, संगीत थपेर गीत गायर अनि म्युजिक भिडियो बनाएर संगीतको पूर्ण काम गरेको हुन्छ । त्यसरी नै आदरणीय नेताहरुले पनि आफनो कर्तव्य बोध गर्दै संविधान बनाएर नेपाललाई प्रगतिको बाटोमा डो¥याउनु प¥यो ।
भावी योजना के छ ?
गीत संगीतमै निरन्तर लाग्ने हो । पहिलो एल्बम एस ३ रिलिजको अन्तिम तयारी छ । फेरी अर्को एल्बम संगीतकार कल्याण सिंह र मेरो एकल गायनमा सुरु गर्न हुदैछ । विदेशबाट पनि संगीतिक प्रस्तुतीको निम्ता आएको छ । अनि मेरो बच्चै देखिको चाहना साहित्य पनि हो । मेरो कविता संग्रह र एल्बम एकैपटक रिरिज गर्ने धोका थियो तर कविता संग्रह तयारी गर्न भ्याएमा त्यो पनि निकाल्ने छु ।
अन्तयमा केही भन्नु छ कि ?
मैले बजारमा ल्याएको पछिल्लो एल्बम मायालुको देश सुनेर हेरेर मलाई प्रक्रिया दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । कलाकार, गीत संगीतलाई माया गर्दै आउनुभएको छ अबका दिनमा पनि निरन्तरताको आशा गर्दै सल्लाहह सुझाव र आलोचनाको प्रतिक्षा हुने छु ।







