‘गल्ती मेरो हो, सलमानको होइन’

index

सलमान खानको फिल्मबाट आफ्नो करियर शुरु गर्ने बलिवुड अभिनेत्री स्नेहा उल्लाल फेरी बलिवुडमा नयाँ फिल्मका साथ आउँदैछिन् ।

उनी नयाँ फिल्मुबेजुबान इश्कु को साथ पुनरागमन गर्ने भएकी छिन् ।स्नेहा उल्लालने बीबीसी हिन्दीलाई भनीन् ‘पुरा दश वर्ष पछि म पुनरागमन गर्दैछु। बलिवुडमा कतिपय यस्ता पनि हुन्छन् जो हराएपछि आउन ग्राहै मान्छन् किनभने बलिवुडले कसैलाई पनि द्रोस्रो मौका दिदैँन।’

स्नेहाको पहिलो फिल्म लकी रहेको थियो जसमा उनले सलमान  खान जस्ता ठुलो स्टार सँग काम गरेकी थिइन ।तैपनि फिल्मले खासै राम्रो व्यापार भने गर्न सकेन ।फिल्म अनलकी नै रह्यो ।मायानगरी मा मिलेको असफलता पछि उनले तेलुगु फिल्म इंडस्ट्रीको सहारा लिगेकी थिइन् । स्नेहा सगँ हिन्दी फिल्म नचलेको एउटा छुट्टै कारण छ ।

उनी भन्छीन, ‘जब म फिल्ममा आएको थिए तब म मात्र १५ (१६ वर्षको थिए,फिल्ममा अफर आयो झन सलमान खान बाट त्यसैले गरे।तर त्यो समयमा मैले खासै कडा मिहेनत गरेको थिइन।’

सलमान र करियर
स्नेहा उल्लाल र जरीन खान जस्ता अभिनेत्रिहरुलाई सलमान खानले ब्रेक दिएका थिए तर खासै चल्न सकेनन् ।

के सलमान खान सँग करियर शुरु गर्ने हिरोइनहरुको करियर डगमगाउछँ ?

उनी भन्छीन ‘मेरो मान्यता छ कि कसैको भविष्य, प्रस्तुति भाग्य र आगामी भविष्यमा फिल्म खेल्ने रुचिमा र कलाकारमा भर पर्छ । न कि सलमानसंग जो कलाकार अघि बढ्न सक्दैनन , जस्तो की म, जसमा गल्ती मात्र हाम्रो हो न कि सलमान खानको