पत्रकार महासंघका महासचिव उजिर मगर लन्डनमा

12782094_10205777677029990_1916868715_n[1]लन्डन ,

नेपाल पत्रकार महासंघ, बेलायत शाखाको अधिवेशनमा आतिथ्यता ग्रहण गर्न महासंघका केन्द्रीय महासचिव उजिर मगर शुक्रवार बिहान लन्डन आइपुगेका छन् ।

आगामी ६ मार्चमा हुन गइरहेको तेश्रो अधिवेशनमा भाग लिन लन्डन आएका महासचिव मगरलाई हिथ्रो विमानस्थलमा महासंघ, बेलायतका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर, उपाध्यक्ष धर्मराज अधिकारी, सचिव लिलामान शेरपुन्जालगायतले स्वागत गरेका थिए ।

अधिवेशनमा आतिथ्यता ग्रहण गर्न महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट र सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेल पनि लन्डन आउने कार्यक्रम छ ।

चुनावी सरगर्मी बढ्न थाल्यो,

अतिथिहरुसमेत आउन थालेपछि महासंघको चुनावी सरगर्मी बढ्न थालेको छ । बेलायत शाखाको अधिवेशनका लागि आगामी फेब्रुअरी २८ मा उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । निर्वाचन समितिले बिहीबार अन्तिम मतदाता नामावली प्रकाशित गरिसकेको छ । पत्रकार महासंघ बेलायत शाखामा ७४ सदस्यको नाम स्वीकृत भएको छ ।

चर्चामा को-को ?

शाखाको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष नरेश खपांगी मगर र पार्षद विमला सेनेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

वरिष्ठ उपाध्यक्षमा महासचिव श्याम लुइँटेल र उपाध्यक्ष धर्मराज अधिकारी, उपाध्यक्षमा सचिव लिलामान शेरपुन्जा र सदस्य नृपेश उप्रेती, महासचिवमा ध्रुवराज अर्याल, राजकुमार थापा र मिलन वाग्लेले उम्मेदवारी दिने तयारी गरेका छन् ।

सचिवमा लन्डननेपाल न्यूज डट कमका सम्पादक शिव भण्डारीले मात्रै दाबी प्रस्तुत गर्दै आएका छन् ।

नारायण गाउंलेले भने अध्यक्ष देखि महासचिवसम्मका कुनै एक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।