काठमाडौं, २९ पुस । उपत्यका बन्दको कारण देखाउँदै एमाओवादी अध्यक्ष प्रचण्डले मंगलबार एक दिन संविधानसभाको बैठक नराख्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई आग्रह गरेका छन् ।
तर, सभाध्यक्ष नेम्वाङले मंगलबार संविधानसभामा केही छलफल नहुने भन्दै सम्वाद समितिको प्रतिवेदन टेबुल गरेर बैठक टुंगिने प्रचण्डलाई आस्वस्त पारेका छन् ।
‘आज संविधानसभाको बैठक स्थगित हुँदैन, सम्वाद समितिको प्रतिवेदन टेबलमात्रै गर्ने हो,’ नेम्वाङले टेलिफोनमा प्रचण्डलाई भने, ‘ त्यसैले बैठक रोक्नैपर्छ नभनिदिनुहोला ।’






