बाबुराम संविधानसभामा नजाने

काठमाडौं  २९ पुस । आफ्नै दलले आयोजना गरेको बन्दका कारण सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई आज संविधानसभामा उपस्थित नहुने भट्टराईको निजी सचिवालयले अनलाइनखबरलाई बतायो ।

संवाद समितिको प्रतिवेदन सिंहदरबारस्थित सभाध्यक्षको च्याम्बरमै बुझाएपछि डा. भट्टराई आज संविधानसभामा उपस्थित नहुने स्रोतले जानकारी दियो ।

बन्दको आयोजक प्रचण्ड नेतृत्वको मोर्चाका १९ दलका सभासद संविधानसभामा उपस्थित नभए पनि प्रतिवेदन टेबल गर्ने सभाध्यक्ष नेम्वाङको तयारी छ ।