: शिव भण्डारी /लन्डन । बेलायतका विभिन्न शहरमा हुन लागेको लाइभ कन्सर्टका लागि भोइस अफ नेपालको टोली लन्डन आइपुगेको छ । भोइस अफ नेपालका सेभेन स्टार लाइभ कन्सर्टका लागि लन्डन आइपुगेको हो । टोलीलाई एयरपोर्टमा भब्य स्वागत गरिएको छ । आयोजकको तर्फबाट टोलीलाई एयरपोर्टमा भब्य स्वागत गरिएको हो ।

स्वागतको लागि एयरपोर्टमा आयोजक क्याडेन्जा यूकेआबद्ध युवाहरुको ठूलो समुह हिथ्रो विमानस्थल पुगेको थियो । एनआरएन यूकेका उपाध्यक्ष प्रेम गाहा मगर र युवा संयोजक कुमार थापा, क्याडेन्जा यूकेका मार्केटिंग तथा पिआर निर्देशक धिरज राई लगायतले भाइस अफ नेपाल टिमलाई बेलायतमा स्वागत गरेका थिए ।

भोइस अफ नेपाल यूके कन्सर्ट’ को आयोजक क्यान्डेजा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेड र एनआरएन यूकेको समन्वयमा हुन लागेको कन्सर्टमा सहभागि टोली लन्डन आएको हो । टोलीलाई बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले ल्याएको हो ।

कन्सर्टका लागि भोइस अफ नेपालका विजेता सिडे विजय अधिकारी, फाइनलका प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य र सप्तक दूतराजको साथमा विवेक वाइवा लामा, सुरेखा क्षेत्री र श्रेया राई आइपुगेका हुन । टोलीमा सुशील र नेपाल प्रोडक्सन टिमका सदस्यसहित छन ।

भोइस अफ नेपालका विजेताहरुसहितका यी ७ प्रतियोगीहरुको समुहले लाइभ ब्याण्डको साथमा बेलायतका दर्शकहरुमाझ प्रस्तुति गर्दैछन् । यी कन्सर्टहरु सुशील नेपाल र बेलायतमै बस्दै आएकी कलाकार होस्ट सुस्मिता थापाले होस्ट गर्दैछन् । उनीहरुको पहिलो कार्यक्रम यहि शनिबार सांझ फोक्सटनको हकिञ्ज कम्युनिटी सेन्टरमा हुंदैछ । त्यसपछि फेब्रुअरी १७ मा फार्नबरो, १८ मा बर्मिङहम, २३ मा लण्डन फेल्थाम, २४ मा प्लमस्टिड, मार्च १ मा ननिटन र मार्च ३ मा रेडिङमा कन्सर्ट आयोजना हुनेछन् । कन्सर्टको तयारी पूरा भइसकेको र टिकट अहिले धमाधम बिक्री भइरहेको आयोजकले बताएका छन् ।

भिडियो -प्रकाश कंडेल- प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कमबाट हेर्न नभुल्नुहोला

फेसबुक कमेन्ट