लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेलाई च्यारिटी कमिसनमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ । सम्पुर्ण प्रारम्भिक तयारीहरु पूरा गरी कमिसनमा दर्ताको लागि आवेदन समेत गरि सकिएको हो ।

च्यारिटी दर्ताको संयोजनको जिम्मा पाएका एनआरएन यूके प्रवक्ता रमेश सरांकोटीका अनुसार च्यारिटीमा दर्ता हुनअघि आवश्यक संस्थाको कम्युनिटी बैंक खाता खोल्ने, च्यारिटी संस्थाको रुपमा विधान तयार गर्ने लगायतका कामहरु पूरा गरेर कमिसनमा आवेदन गरिएको हो ।

दर्ताको प्रक्रिया अबको केहि महिनाभित्र पूरा हुने अपेक्षा गरिएको छ । सम्भव भएसम्म आउँदो सेप्टेम्बरमा दर्ता गरिसक्ने तयारी छ । एनआरएन यूके वर्तमान कार्यसमितिको कार्यकालभित्रै प्रक्रियालाई टुंगोमा पुर्याउने लक्ष्य संस्थाको छ । यसअघि च्यारिटी कमिसनमा आवेदन बुझाउनुपूर्व संस्थाको बैंक खातामा जम्मा हुन आवश्यक कोष कार्यसमिति, संरक्षक तथा सल्लाहकारहरु लगायतबाट संकलन गरिएको थियो ।

कार्यसमितिका सदस्य राजन खकुरालको संयोजकत्वमा उक्त कोष संकलनको कार्य पूरा गरेर दर्ताको प्रक्रिया अघि बढाइएको थियो । यसअघि एनआरएन यूकेले केहि महिनाअघि संस्थालाई च्यारिटी कमिसनमा दर्ता गराउने निर्णय गरेको थियो । च्यारिटी दर्ताको जिम्मेवारी निर्वाह गर्न प्रवक्ता रमेश सरांकोटीलाई संयोजक र सचिव तारानाथ भण्डारीलाई सहसंयोजक तोकिएको थियो ।

एनआरएन यूकेको च्यारिटी दर्तासम्बन्धी सम्पुर्ण प्राविधिक कार्यहरु एकाउण्टेन्ट एलएन घिमिरेले गरिरहेका छन् । उता एनआरएन यूके अध्यक्ष योग कुमार फगामी, महासचिव आर के त्रिपाठीले भने आधिकारिक पत्रलेखि युवा समाजसेवी तथा ब्यबसायी राजन खकुरेलको प्रवाभकारी कार्यको खुलेर प्रसंसा गरेका छन् ।

फेसबुक कमेन्ट