ग्याँस बुलेट त्रिशुली नदीमा पल्टिदाँ चालकको मृत्यु

धादिङ। गधादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै चालक ३६ वर्षीय सुरेन्द्र सिंहको त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ मृत्यु भएको छ ।

काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस अनियन्त्रित भई पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।