लन्डन– बेलायतको च्यारिटी संस्था कम्युनिटी डेभलप्मेन्ट सेन्टर, यूके (कोडेक यूके) को ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
ह्यारोस्थित तमु समाजको हलमा आइतबार भएको कार्यक्रममा मेयर भवान्जी चोहान प्रमुख अतिथि थिए ।
कार्यक्रममा एनआरएनए यूकेका महासचिव आरके त्रिपाठी यति नेपाल एसोसिएसनका कार्यवाहक अध्यक्ष शशिधर नेपाल,नेप्लिज नर्सिङ एशोसिएसन यूकेकी अध्यक्ष प्रसुना कंडेल लगायत अतिथिहरुको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत एवं हेल्ड एन्ड सेफ्टीबारे जानकारी राम अधिकारीले दिएका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन मिलन शर्मा र रचना श्रेष्ठ, आर्थिक प्रतिवेदन रुक्मिणी श्रेष्ठ थापा र राम अधिकारीले प्रस्तुत गरेका थिए ।
कोडेक युकेका अध्यक्ष शंकर दाहालको सभापतित्वमा साधारणसभा भएको थियो । साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष दाहालले जानकारी दिए ।






