गुल्मी धुर्कोटका ५ वर्षीय बालकलाई ब्लड क्यान्सर, आर्थिक अभावले उपचारमा समस्या: सहयोगको अपिल

babu 1babu2लन्डन– गुल्मीको धुर्कोटका एक पाँच वर्षीय बालकलाई ब्लड क्यान्सर भएको छ ।

धुर्कोट–बस्तु गा.बि. स. वार्ड न. १ छिलिम्पे निवासी लक्ष्मण पाण्डेका ५ वर्षीय छोरा रोयल पाण्डेलाई ब्लड क्यान्सर भएको हो । बिरामी भएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका पाण्डेको जाँच गर्दा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो ।

बाबु लक्ष्मण पाण्डेले छोरालाई बचाउन आर्थिक सहयोगको अपिल गरेका छन् । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्। रोयललाई उपचारका लागि कान्ति बाल अस्पताल भर्ना गरिएको छ ।

सामान्य परिवारका ५ वर्षे बालक रोयल पाण्डे २ महिनादेखि ब्लड क्यान्सर भई कान्ति अस्पतालको बेडमा छटपटाइ रहेका छन् । पटक पटक किमो गराउनुपर्ने हुँदा परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण खर्च धान्न नसकेपछि परिवारले देश विदेशमा रहनुभएका गुल्मेली लगायत आम नेपाली दाजुभाइसँग सहयोगको लागि याचना गरेका छन् ।

बेलायतवासी गुल्मेलीलगायत अन्य सहयोगदाताबाट परिवारले सक्दो सहयोगको अनुरोध गरेका छन् ।। दुधे बालक को जीवन बँचाईदिन सम्पुर्ण सहयोगी मन हरुमा हार्दिक अनुरोध गर्दछौं ।

सेबा_नै_धर्म_हो‬ :
!!!  पाण्डेलाई आर्थिक सहयोगको लागी सम्पर्क:

बेलायतमा शिव भण्डारी 07805298704 केशव भण्डारी 07853099266 सुरज भण्डारी 07427108316

नेपालमा लक्ष्मण पाण्डे 9751008835/9841505923

बैंक ठेगाना

Santander bank

Shiba bhandari SC–09-01-28 AC–84 99 28 98