दाङ– परराष्टमन्त्री डा प्रकाशशरण महतले छिमेकी राष्ट्रसँगको सम्बन्ध सुधार भएको बताएका छन् ।
प्रेस युनियन दाङले आज दाङको चखौरामा आयोजना गरेका पत्रकार समेलनमा उनले पछिल्लो समयमा चिसिएको मित्र राष्ट्रसँगको सम्बन्ध विस्तार हुँदै गएको बताए । “भारत, चीनसँगको सम्बन्ध सुधारका लागि नियमित बैठक भइरहेको छ, यसले पनि राम्रो परिणाम दिएको छ” उनले भने ।
विदेशमा काम गर्न गएका नेपालीको बिमा व्यवस्थापनका लागि दुई महिनाभित्र अध्ययन अवलोकन गर्न कार्यदल बनाएको समेत बताए । उनले बिमा समितिसँग कुरा भएको र छिट्टै त्यो लागू हुने जानकारी दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहेका मन्त्री महतले सबै दललाई सहमतिमा ल्याउन र संविधान संशोधन तथा स्थानीय निकायको निर्वाचन गराउन सरकार लागिपरेको बताए ।






