शेखरले पनि मन्त्री हुन मानेनन्

shekhar koiralaकाठमाडौं- आफूले रोजेको परराष्ट्र मन्त्रालय नदिएपछि कांग्रेस नेता डा. शेखर कोइरालाले पनि मन्त्री हुन अस्वीकार गरेका छन् ।

गृह मन्त्रालय नपाएपछि अर्जुननरसिंह केसीले पनि शपथ लिन मानेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई परराष्ट्र मन्त्री बनाउन नसक्ने जानकारी दिएपछि कोइराला अरु मन्त्रालयमा नजाने भएका छन्।

माओवादी, कांग्रेस गठबन्धनको नयाँ सरकारमा पार्टीको तर्फबाट परराष्ट्र मन्त्रालयको नेतृत्व लिन तयार भएका कोइरालालाई सभापति देउवाले बुधबार साँझ टेलिफोनमार्फत यस्तो जानकारी गराएको स्रोतले बतायो।

देउवासँगको कुराकानीमा आफूमा कुनै जागिरे मन्त्री बनेर झन्डा हल्लाउन सरकारमा जाने रहर नभएको भन्दै आफूलाई दिने नै भए परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन र नभए सभापतिको सहजताका लागि इच्छाअनुसार निर्णय लिन कोइरालाले सुझाव दिएका थिए।