काठमाडौं- नेपालका लागि बेलायतका राजदुत रिचार्ड मोरिस र डिएफआईडीका नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नीजि निवास लाजिम्पाटमा भेटी बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएका छन् ।
प्रधानमन्त्रीले बधाईको लागि धन्यवाद दिए । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै दाहाललाई बधाई दिने क्रम जारी रहेको छ ।






