उल्झनको छायांकन सकियो, नायक दत्त फर्किए बेलायत

लन्डन– रूमानी सपना बोकेर बिदेशिएको युवा, उसको भोगाई र त्यसले घर समाजमा उत्पन्न परिस्थिति लाई विषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘उल्झन’ को नेपालको सम्पूर्ण छायांकन सकिएको छ ।

ध्रुव दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रको छायांकन सकाएर नायक ध्रुव दत्त बेलायत फर्किएका छन् । बेलायत फर्किएपछि नायक दत्तले चलचित्रले समाजको ज्वलन्त कथा बोलेको र निर्माण प्रकृयामा विशेष ध्यान दिएकोले दर्शकहरुले चलचित्र मन पराउने विश्वास ब्यक्त गरे ।

नेपाल र बेल्जियममा छायांकन गरिएको सो चलचित्रमा तेजेन्द्र कँडेलको प्रस्तुति र राजु अधिकारीको निर्देशन रहेको छ १ अंग्रेजी नयाँ बर्षको सेरोफेरोमा बेलायत र बेल्जियममा वर्ल्ड प्रिमियर गरिने सो चलचित्रका निर्माताहरुमा नविन अधिकारी, सन्तोष अधिकारी र हरि कार्की छन् भने कार्यकारी निर्मातामा नारायण ढुङ्गाना हुन् ।