बन्दको असर संविधानसभासम्म

काठमाडौं २९ पुस, । संविधानसभा अघि छलफल गर्न सभाध्यक्षले मंगलबार बिहान संविधानसभामा बोलाए पनि बन्दका कारण कोही पनि उपस्थित भएनन् । उपत्यका बन्दका कारण आफूहरु उपस्थित हुन नसकेको सचेतकहरुले सभाध्यक्षलाई जानकारी दिएका छन् ।

वैद्य माओवादी र प्रचण्डपक्षीय ३० दलीय मोर्चाले गरेको बन्दका कारण विपक्षी दलका मात्रै होइन, टाढा डेरा बस्ने सत्तापक्षकै सभासदहरु पनि संविधानसभा बैठकमा आउन सक्ने अवस्था छैन । तर, बन्दले सभासदहरु आउन नसके पनि बैठक स्थगित नहने सभाध्यक्षले बताए ।